2026-09-19 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

१७ बर्षपछि फरार अभियुक्त रामेछाप प्रहरीद्वारा पक्राउ

प्रज्वल पाैडेल/असार २४, रामेछाप ।
जिल्ला प्रहरी कार्यालय मन्थली रामेछापले १७ बर्षपछि एक अभियुक्तलाई पक्राउ गरेकाे छ ।

कुटपिट र कर्तव्य गरि हत्या गरेर फरार भएका अभियुक्त मध्येका गाेश्वाराका सार्की मगरलाई प्रहरीको बिशेष टोलीले बिहीबार साँझ पक्राउ गरेकाे हाे ।
पक्राउ परेका मगरलाई रामेछाप जिल्ला अदालतबाट म्याद लिई आवश्यक अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे छ ।

२०५७ साल माघ २९ गते रामेछापकाे साविक गौश्वरा गाविस वडा न.७ (हाल दोरम्बा गाउँपालिका वडा न. ४) बस्ने धिर्ज बहादुर थापामगरको ५० बर्षिय बुबा मान बहादुर थापामगरलाई अभियुक्त सार्की मगर लगायत ४ जनाले कुटपिट कर्तब्य गरी हत्या गरेकाे बताइएकाे छ ।

मान बहादुर थापामगरले सामुदायिक वनमा घाँस काटेको विषयलाई लिएर उनकाे हत्या भएको उल्लेख छ । फरार रहेका अभियुक्तहरूलाई खोजतलासको सुचीमा राखिएकोमा जिल्ला प्रहरी कार्यालय रामेछाप मन्थलीका बिशेष टोलीले खोज तलास गर्दै जाने क्रममा मन्थली बजारबाट पक्राउ गरेकाे हाे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई