Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

भीमदत्तनगरमा हावा भर्ने कम्प्रेसर पड्किदा १ को मृत्यु

By kit

भास्कर के.सी/असार २४, महेन्द्रनगर । भीमदत्तनगर –१८  गोवरैया स्थित एक साइकल पसलमा टायरमा हावा भर्न राखिएको कम्प्रेसर मसीन पड्किदा एक जना युवकको मृत्यु भएको छ ।

क्यापटन नाम गरेका चौधरीको साइकल पसलमा मोटरसाइकल पेन्चर भएर बनाउने क्रममा वर्ष ३५ का सुरेश नाथको मृत्यु भएको छ भने साइकल पसलमा रहेका एक बालकको खुट्टामा चोट लागेको छ । शिक्षण पेशा गर्दै आएका नाथ महाकाली नगरपालिकाको भानु उच्च माध्यमिक विद्यालयमा अध्यापन गराउथे ।