२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कास्कीमा एकजनालाई पेट्रोल छर्केर आगो लगाइ फरार भएका व्यक्ति पक्राउ

२०८१, ३० मंसिर आईतवार १२:३७

काठमाडौँ | कास्कीको मादी गाउँपालिका-५ ठुलास्वारामा एक पुरुषलाई पेट्रोल छर्केर आगो लगाएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ घर भई पोखरा महानगरपालिका-१३ काहुखोला बस्दै आएका ३० वर्षीय उमेश राई छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको हो ।

२७ मंसिरको राति ११ बजे आफ्नो घर बाहिर बसिरहेको बेला गुरुङमाथि पेट्रोल छर्केर आगो लगाइएको थियो । घाइतेलाई उद्धार गरी पश्चिम क्षेत्रीय अस्पताल पठाइएको थियो । त्यहाँबाट मणिपाल अस्पताल पोखरा रिफर गरिएको थियो । मणिपालमा पनिउपचार हुन नसकेपछि अहिले गुरुङलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको छ ।

पेट्रोल छर्केर आगो लगाउनुको कारणबारे अनुसन्धान भइरहेको पोखराका डीएसपी वस्न्त शर्माले बताए । उनीविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार