Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मोटरसाइकल तार्ने क्रममा खोलाले बगाउँदा पर्वतमा एक गम्भीर

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p style="text-align: justify; color: rgb(51, 51, 51); font-family: Georgia, 'Times New Roman', 'Bitstream Charter', Times, serif; font-size: 16px; line-height: 24px;">पर्वत : अविरल वर्षासँगै आएको खोलाले मोटरसाइकलसहित बगाउँदा पर्वतमा एकजना गम्भीर घाइते भएका छन्। कुश्मा बजारबाट बागलुङ जाँदै गर्दा अर्मादी खोलाले बगाउँदा पर्वतकै कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङ घर भएका २६ वर्षीय प्रकाश पौडेल घाइते बनेका हुन्।</p><p style="text-align: justify; color: rgb(51, 51, 51); font-family: Georgia, 'Times New Roman', 'Bitstream Charter', Times, serif; font-size: 16px; line-height: 24px;">कल्भर्टमाथि उर्लेर आएको भेलमा मोटरसाइकल कटाउने प्रयास गरेको अवस्थामा खोलाले ग ५ प २२७५ नम्बरको बाइकसहित उनलाई पल्टाएको थियो। बाइक पल्टिएसँगै बाइकबाट हाम फाल्ने क्रममा उनी पानीको गहिरो खाडलमा परेको र दायाँ कोखामा गम्भीर चोट लागेपछि उनलाई जिल्ला अस्पताल पर्वतमा ल्याइएको थियो। तर, उनको उपचार पर्वतमा सम्भव नहुने भएपछि तत्काल नै मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरिएको जिल्ला अस्पताल पर्वतका प्रहरी जवान पूर्णबहादुर भण्डारीले जानकारी दिए।</p>