सम्राट सिंह/असर ४५, बझाङ । सडक निमार्ण संगै सुरु भएको पहिरोका कारण बस्ती नै जोखिममा परेका थलारा गांउपालिका ९ आमबगरका विस्थापितले राहत पाएका छन । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सम्राट सिंह/असर ४५, बझाङ । सडक निमार्ण संगै सुरु भएको पहिरोका कारण बस्ती नै जोखिममा परेका थलारा गांउपालिका ९ आमबगरका विस्थापितले राहत पाएका छन । 

2026-09-19 07:34 AM
बझाङ्ग - BJN

बझाङका विस्थापित परिवारले पाए डेढ वर्षपछि राहत


सम्राट सिंह/असर ४५, बझाङ । सडक निमार्ण संगै सुरु भएको पहिरोका कारण बस्ती नै जोखिममा परेका थलारा गांउपालिका ९ आमबगरका विस्थापितले राहत पाएका छन । 

सडक निमार्ण गर्दा घर भत्किएका ८ परिवारले राहत पाएका हुन । पुर्ण रुपमा घर भत्केर विस्थापित भएका ८ परिवारलाई डिभिजन सडक कार्यालय बैतडीको तर्फबाट आइतबार प्रमुख जिल्ला अधिकारी केशबबहादुर थापाले चेक हस्तान्तरण गरेका थिए । 

शहरी विकास तथा भवन निमार्ण डिभिजन कार्यालय बैतडीले गरेको मुल्याङकन अनुसार पिडितहरुलाई राहत रकम वितरण गरिएको डिभिजन सडक कार्यालयका प्रमुख ललिजन खनालले बताए । 

खनालका अनुसार सबै भन्दा बढी क्षती भएकालाई करिब ५ लाख र सबै भन्दा कम क्षती भएकालाई करिब ८० हजार राहत रकम चेक मार्फत वितरण गरिएको हो । ८ परिवारको लागी जम्मा १५ लाख ८० हजार रकम राहत स्वरुप वितरण गरिएको उनको भनाइ छ । 

गत बर्ष बैसाखमा जडार कोइरालकोट सडक निमार्णको क्रममा साविक मालुमेला गाविसको आमवगर बस्तीमा पहिरो खसे पछि यहांका ८ परिवार पुर्ण रुपमा विस्थापित भएका थिए भने २५ परिवारको बसोवास जोखिममा परेको थियो । सडकबाट खसेको पहिरोका कारण यस बस्तीको लागी निमार्ण गरिएको झण्डै २ करोड बरावरको सिंचाई र खानेपानी आयोजना पनि पुर्ण रुपमा क्षति ग्रस्त भएको थियो । जुन अहिले सम्म पनि संचालनमा आएको छैन । 

राहत वितरण पछि पिडितहरुले राहतले आफुहरुलाई केही खुशी दिए पनि सिंगो बस्ती नै जोखिममा रहेकोले बस्ती पुर्नस्थापना नगर्दा सम्म गांउ नै जोखिममा रहेको बताएका थिए । ‘माथि सडकबाट पहिरो खसेको खस्यै छ । बस्तीको पुछारबाट सेती नदीले कटान गरिरहेको छ’ एक जना विस्थापित कांउकुरी सार्कीले भनिन ‘पानि परेको दिन गांउ भरिका मान्छे रातभर स्कुलको चउरमा बस्नु पर्छ । साह्रै समस्यामा छौ’ 

बस्तीमा खानेपानी र सिंचाइको पनि उस्तै समस्या रहेको बताउदै अर्का पिडित कैले दमाईले भने ‘दुइ वर्खा भैसक्यो सेतीको धमिलो पानी खाइरहेका छौ । खेत बाझै छन । सडकले हाम्रो विचल्ली नै बनायो’

यस बस्तीको समस्या सम्बोधन गर्नका लागी जिल्ला खाद्य अधिकार संजाल, फियान नेपाल र जिल्लामा कार्यरत पत्रकारहरुले पहल गरिरहेका छन । राहत वितरणले आफुहरुलाई केही सान्तवना भए पनि बस्ती पुर्न स्थापना नभए सम्म आफुहरुको संर्घष जारी रहने सडक पिडितहरुको समुहका अध्यक्ष विश्वप्रकास जोशीले बताए । 

डिभिजन सडक कार्यालयका प्रमुख ललिजन खनालले कार्यालयको तर्फबाट बस्तीको सिंचाई र खानेपानी मर्मत तथा पहिरो नियन्त्रणका लागी थप पहल भैरहेको बताए । बस्ती पुर्नस्थापनाको लागी मन्त्रालयमा सिफारिस गरिसकेको बताउदै खनालले भने ‘बस्ती पुर्नस्थापना नभए सम्म सुरक्षित रुपमा बस्नका लागी हाम्रो तर्फबाट सक्ने जति गरिरहेका छौ ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई