2026-07-24 06:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

निक्स साइमनमा डाक्टरको भरमा जिल्ला अस्पताल

सम्राट सिंह/ फागुन १८, बझाङ । सरकारी डाक्टरहरु अस्पतालमा नबस्दा बझाङ जिल्ला अस्पताल गैर सरकारी संस्था निक्स साइमनका डाक्टरको भरमा चलिरहेको छ । सरकारी डाक्टरहरु प्राय गोष्टी र भ्रमणमा व्यस्त रहने गरेकाले अधिकांश समय जिल्ला अस्पताल गैर सरकारी संस्थाका डाक्टरकै भरमा चल्ने गरेको छ ।

जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट विण्णु खतिवडा फागुन पहिलो साता देखी जिल्लामा छैनन । भने अर्का डाक्टर मिलन सिलवाल पनि सोमवार जिल्ला बाहिर जा“दा २ लाख जनताको स्वास्थ्यको हेरचाह गर्ने जिम्मा पाएको अस्पताल गैर सरकारी संस्था निक्स साइमनले पठाएका डाक्टरको भरमा संचालन भैरहेको छ ।

जिल्लामा भाइरलको संक्रमणले हजारौंको संख्यामा विरामी भैरहेको र स्वास्थ्य संस्थामा औसधीको अभाव भैरहेको वेला अख्तियार प्राप्त सरकारी डाक्टरहरु जिल्लामा नहुदा विभिन्न खालका समस्याहरु आउने गरेको जिल्ला अस्पताल श्रोतले जनाएको छ । विरामीको चेकजा“च गर्ने, अधिकारीक निर्णयहरु गर्ने, आर्थिक कारोवार गर्ने लगायतका विभिन्न कामहरु प्रभावित हुने गरेका छन ।

“जिल्लामा नियमिति वस्ने भनेकै निक्स साइमनका डाक्टरहरु हुन । ” जिल्ला अस्पताल श्रोतले भन्यो “सरकारी डाक्टर त गोष्ठी भ्रमण र परियोजना कै काममा व्यस्त हुन्छन । गैससका डाक्टर नहुने हो भने जिल्ला अस्पताल नै परियोजना संचालन गर्नेमा सिमित हुन सक्छ ” सरकारी डाक्टर जिल्लामा हुदा“ पनि गोष्ठी र बैठकमा नै व्यस्त हुने र विरामीको चेकजा“च गर्ने काममा निक्स साइमनका डाक्टरहरु नै बढी खटिने गरेको जिल्ला अस्पताल बझाङका कर्मचारीको भनाइ छ ।

निक्स साइमनको तर्फबाट डाक्टर पुर्ण घर्ती र आनन्द प्रकास सिंह बझाङ जिल्ला अस्पतालमा कार्यरत छन ।
असोज १५ गते जिल्ला अस्पतालमा हाजिर भएका डाक्टर खतिवडा ५ महिना १५ दिनको अवधीमा ३ महिना जति मात्र जिल्लामा बसेको र बा“की अवधी भ्रमण गोष्ठीमा नै व्यस्त रहने गरेको श्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक