पर्वत,  असार २८ गते । भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि पर्वतका भूकम्पपीडितले अझै आवास अनुदान पाउन सकेका छैनन् ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत,  असार २८ गते । भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि पर्वतका भूकम्पपीडितले अझै आवास अनुदान पाउन सकेका छैनन् ।

2026-07-25 01:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतका भूकम्पपीडितले पाएनन् आवास अनुदान

पर्वत,  असार २८ गते । भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि पर्वतका भूकम्पपीडितले अझै आवास अनुदान पाउन सकेका छैनन् ।

झण्झटिलोे प्रक्रियाका कारण उनीहरु यो वर्ष पनि आवास अनुदान रकम प्राप्त गर्न नसकेको हो । पर्वतमा पूर्ण क्षति भएका लाभग्राहीको संख्या पाँच हजार ३६९ रहेको छ । जसमध्ये हालसम्म तीन हजार ९०९ जनाको अनुदान सम्झौता भई जिल्ला समन्वय समितिले कोष तथा लेखा नियन्त्रण कार्यालयमा निकासा मागेको भए पनि अहिलेसम्म पीडितले उक्त रकम प्राप्त गर्न सकेका छैनन् ।

केही समय पहिले स्थानीय तहको चुनावले प्रभावित बनेको अनुदान वितरण कार्य पुनः वर्षायाम र प्राधिकरणको झण्झटिलोे प्रक्रियाका कारण ढिलाइ भएको जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत तुलसीराम शर्माले जानकारी दिनुभयो । कतिपय ठाउँको पूर्ण विवरणसमेत आउन सकेको छैन ।

पुनःनिर्माणका लागि पहिलो किस्ताबापत आवश्यक पर्ने रु २६ करोड रकममध्ये जिल्ला विकास समितिमा रु १९ करोड केही महिनाअघि नै निकासा आएको थियो । तर पनि अहिलेसम्म वितरणमा केही ढिलाइ भएको सूचना अधिकृत तुलसीराम शर्माले जानकारी दिनुभयो । उहाँकाअनुसार पहिलो किस्ताबापतको भुक्तानीका लागि प्रक्रिया शुरु भएको छ । अब बैंक खातामा रकम जम्मा गर्ने अन्तिम तयारी भएको र पीडितले आ–आफ्नो खाताबाट रकम झिकेर लैजान सक्ने समेत सूचना अधिकृत शर्माले बताउनुभयो ।

भूकम्पबाट जलजला गाउँपालिकामा १८७, कुश्मा नगरपालिकामा ९४३, मोदी गाउँपालिकामा ५०३, फलेवास नगरपालिकामा एक हजार ४५६, विहादी गाउँपालिकामा एक हजार १३७ र महाशिला गाउँपालिकामा ६५७ घर पूर्ण क्षति भएको तथ्याङ्क छ ।

भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि राज्यले दिएको अनुदान रकम नपाउँदा पीडित झन समस्यामा परेका छन् । चैत अन्तिम साता तिलाहारबाट शुरु गरिएको अनुदान सम्झौता सुस्त गतिमा हुँदा पीडितले रकम समयमै पाउन नसकेका हुन् ।

स्थानीय विकास अधिकारी विष्णु भुसालले केही प्राविधिक समस्याले ढिलाइ भएको र अब तत्काल वितरणको काम शुरु हुने जानकारी दिनुभयो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक