असार ​२९, दाङ । तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको अपहरण र हत्या योजना कारगारभित्र बनेको नयाँ तथ्य खुलेको छ । 

एक वर्षअघि उनै व्यापारी श्रेष्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ​२९, दाङ । तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको अपहरण र हत्या योजना कारगारभित्र बनेको नयाँ तथ्य खुलेको छ । 

एक वर्षअघि उनै व्यापारी श्रेष्"/>

2026-09-19 08:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

राजकुमार श्रेष्ठको हत्या बारे बाहिरियो अर्को तथ्य


असार ​२९, दाङ । तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको अपहरण र हत्या योजना कारगारभित्र बनेको नयाँ तथ्य खुलेको छ । 

एक वर्षअघि उनै व्यापारी श्रेष्ठबाट २६ लाख रकम लुट्ने गुन्डा नाइके खुमबहादुर केसीले जेलमा योजना बनाएका थिए । पक्राउपछि प्रहरीलाई दिएको बयान अनुसार गुन्डानाइके केसीले जेलमा फिरौति रकम असुल्न अपहरणको योजना बनाएको बताएका छन् ।

एक बर्षअघि ब्यापारी श्रेष्ठबाट उनले भारतीय १६ हजार लाख रकम लुटेका थिए । श्रेष्ठको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । रकम लुटेको पुष्टी भएपछि जेलमा परेका थिए । जेलमा आफैसँग रहेका भुपेन्द्र ओलीसँग अपहरणको योजना बनाए । 

त्यसपछि केसीले टिकाराम घर्ती, उनकी छारी पूजा र अन्य युवाहरु बटुलेर दुई महिना अघि पुरक योजना बनाएको प्रहरीलाई बयान दिएका छन् । केसी तुलसीपुर क्षेत्रका गुन्डानाइके हुन् । 

उनले दर्जनौ ब्यापारीलाई धम्क्याएर रकम असुली गर्दै आएका थिए । नेपालगन्ज गोलीकाण्डमा पनि उनी संलग्न रहेका थिए । नेपालगन्ज गोलीकाण्डपछि उनी केही समय जेल बसेका थिए ।

उता श्रेष्ठसँगै अपहरणपछि हत्या गरिएका ठेकेदार रणबहादुर घर्ति भने अनाहकमा मारिएको प्रहरीले जनाएको छ । ब्यापारी श्रेष्ठ अपहरणमा परेकै दिन ठेकेदार घर्तिपनि सल्यानतिर लागेका थिए । दुई भारतीय नागरिकसहित भरतीय नम्वर प्लेटको गाडीमा घर्ति सल्यानतिर गइरहेका बेला केसीको समुहले गाडी रोकेको थियो । 

श्रेष्ठ चडेको गाडी हुनसक्ने आशंकामा केसीको समुहले रणबहादुरको गाडी रोकेका थिए । तर ठेकेदार घर्तिले केसीको समुहलाई राम्रोसँग चिन्थे । श्रेष्ठको अपहरण सुराक बन्न सक्ने भएपछि केसीको समुहले ठेकेदार घर्तिलाई पनि जंगलतिर लगेको प्रहरीले बताएको छ ।

घर्तिलाई अपहरण र हत्या गर्ने योजना केसी समुहको थिएन । तर भुलभुलैयामा उनी अपहरण पछि मारिएको प्रहरीसँग बयान दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो