मानवअधिकार एलाईन्सको १९ औं स्थापना दिवसको अवसरमा पर्वत शाखाले मोदी र कालीगण्डकीको संगम मोदीवेणीमा रहेको वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई फलफुल वितरण गर्ने मानविय सेवामुलक कार्यक्रम आयोजना गरेको छ । फलफुत वितरण कार्यक्रममा बो"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मानवअधिकार एलाईन्सको १९ औं स्थापना दिवसको अवसरमा पर्वत शाखाले मोदी र कालीगण्डकीको संगम मोदीवेणीमा रहेको वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई फलफुल वितरण गर्ने मानविय सेवामुलक कार्यक्रम आयोजना गरेको छ । फलफुत वितरण कार्यक्रममा बो"/>
२०८३, २२ जेष्ठ शुक्रबार
पर्बत - PBT

मानवअधिकार एलाइन्सको १९ औं स्थापना दिवस सम्पन्न

२०७४, २९ असार बिहीबार १३:२२

मानवअधिकार एलाईन्सको १९ औं स्थापना दिवसको अवसरमा पर्वत शाखाले मोदी र कालीगण्डकीको संगम मोदीवेणीमा रहेको वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई फलफुल वितरण गर्ने मानविय सेवामुलक कार्यक्रम आयोजना गरेको छ । फलफुत वितरण कार्यक्रममा बोल्दै मानवअधिकार एलाईन्स केन्द्रिय सचिव गोविन्द पहाडीले राज्यको तर्फबाट नागरिकहरुका विभिन्न अधिकारहरु हनन नहोउन, कतै हनन र उल्लघंनका घटनाहरु भएमा न्यायका लागि पहल गर्ने विभिन्न प्रकारका अभियानहरु सञ्चालन गर्ने मानवअधिकार एलाइन्सले यस वर्ष आफनो स्थापनाको सन्दर्भ पारेर वृद्धाश्रममा रहेका वृद्ध आमाहरु तथा बाबाहरुलाई फलफुल लगायतका सामाग्री वितरण गरेर प्रशंसनिय कार्य गरेको भन्दै आयोजकलाई धन्यवाद दिनुभयो ।

भविष्यमा पनि यस्तै ओझेलमा परेका समुदायलाई राहत हुने प्रकृतिका कामहरु गर्न मानवअधिकार एलाइन्स  लगायतका संस्थाहरुको ध्यानाकर्षण समेत गर्नुभयो । एलाईन्स जिल्ला शाखा पर्वतका अध्यक्ष गणेश शर्मा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा एलाइन्सका केन्द्रिय सदस्य खुमप्रसाद सुवेदी, गैसस महासंघ पर्वतका अध्यक्ष शिवप्रसाद शर्मा, गैसस महासंघ पर्वतका निवर्तमान अध्यक्ष राजेन्द्र प्रसाद पौडेलले आ आफनो धारणा राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन एलाईन्स जिल्ला शाखा पर्वतकी उपाध्यक्ष नेत्रकला सुवेदीले गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली