सिप बिकास तालिम केन्द्र पर्बतद्धारा पुर्ब बिद्यार्थीलाई प्रमाणपत्र तथा प्रबिधि सहायता सामाग्री हस्तान्त्रण गरेको छ । बुधबार कार्यलयमा एक कार्यक्रमको आयोज"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सिप बिकास तालिम केन्द्र पर्बतद्धारा पुर्ब बिद्यार्थीलाई प्रमाणपत्र तथा प्रबिधि सहायता सामाग्री हस्तान्त्रण गरेको छ । बुधबार कार्यलयमा एक कार्यक्रमको आयोज"/>
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सिप बिकास तालिम केन्द्र पर्बतद्धारा पुर्ब बिद्यार्थीलाई प्रमाणपत्र तथा सामाग्री हस्तान्त्रण

२०७४, २९ असार बिहीबार १३:२४

सिप बिकास तालिम केन्द्र पर्बतद्धारा पुर्ब बिद्यार्थीलाई प्रमाणपत्र तथा प्रबिधि सहायता सामाग्री हस्तान्त्रण गरेको छ । बुधबार कार्यलयमा एक कार्यक्रमको आयोजना गरि कार्यलयबाट दिईएको बिभिन्न किसिमको तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई सामाग्री हस्तान्त्रण गरिएको हो ।

सो अबसरमा यस बर्ष कार्यलयबाट सिकाईने बिभिन्न सिपहरु सिकेर उत्कृष्ट बनेका ७ जना प्रशिक्षार्थीलाई प्रबिधि तथा बस्तुगत सहायता सामाग्री समेत हस्तान्त्रण गरिएको छ । समाग्री ग्रहण गर्नमा प्लम्बीङ्गका प्रशिक्षार्थी पिताम्बर सुबेदि, बिधुत जडानका प्रशिक्षार्थी द्रोणराज शर्मा, केश श्रृंगारका प्रशिक्षार्थी गीता श्रेष्ठ, सिलाई कटाईका प्रशिक्षार्थी रेवती शर्मा, ईलेक्टोनिक्सका प्रशिक्षार्थी सन्तोष थापा, मोटरसाईकल मर्मतका प्रशिक्षार्थी बिजय परियार र कम्युटरका प्रशिक्षार्थी कमला न्यौपाने रहेका थिए ।

कार्यक्रमको अबसरमा बोल्दै प्रमुख अतिथि निमित्त प्रमुख जिल्ला अधिकारी डिल्लीराम शर्माले तालिममा सिकेका कुरालाई ब्यवहारमा उतार्नको लागि सम्पुर्ण प्रशिक्षार्थीहरुलाई आग्रह समेत गर्नुभएको थियो । उहाले सीप सिकेर सिपकै माध्यमबाट आयआर्जन गरि स्वाबलम्बी बन्न आग्रह गर्नुभयो ।

प्रशिक्षार्थीको तर्फबाट मन्तब्य राख्दै प्लम्बीङ्ग तालिमका प्रशिक्षार्थी पिताम्बर सुबेदिले आफुले अहिले सम्म सिकेको सिपलाई ब्यवहारमा उतारेरै छाड्ने प्रतिबद्धता समेत जनाउनुभएको थियो । उहाले ३ महिना सम्म सिकेको सिपलाई समुचित सदुपयोग गर्न बताउनुभयो ।

ब्यवसायीक सिप बिकास तालिम केन्द्र पर्बतका प्रमुख किरण चन्द्र सुबेदिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्बतका सदस्य सुबास लामिछाने प्रशिक्षार्थी रेवती शर्मा, सन्तु गिरी, कमला न्यौपाने लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन ब्यवसायीक सिप बिकास तालिम केन्द्र पर्बतका प्रशिक्षक गणेश पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली