२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

कमिसन लिएर ट्रस भवन निर्माणको जिम्मा दिएको आरोप

२०७२, ११ चैत्र बिहीबार ०६:०४

सम्राट सिंह, चैत ११, बझाङ / जिल्ला शिक्षा कार्यालय बझाङका प्राविधिकले कमिसन लिएर स्टिल ट्रस भवन निर्माणको जिम्मा स्थानिय हरिओम ट्रेड एण्ड सप्लायर्स लाई दिएको आरोप लगाएका छन । स्टिल ट्रस भवन निर्माण परेका विभिन्न विद्यालयका प्रअ तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुबाट प्राविधिक उत्तम बहादुर सिंह र लोक राज उपाध्यायले कमिसन लिएर हरिओम ट्रेड एण्ड सप्लायर्स लाई निर्माणको जिम्मा दिएको आरोप लगाएका हुन ।

bhawan nirman
प्राविधिकले सप्लायर्स सँग ट्रस मात्र निर्माण गर्न २ कोठेको ४ लाख ८५ हजार र ३ कोठेको ६ लाख ८० हजार रकममा जिम्मा दिएको छ । आफुसँग ग्रील उद्योग नभएपछि हरिओम ट्रेड एण्ड सप्लायर्सले पनि २ कोठे भवनको ३ लाख ४० हजार र ३ कोठे भवनको ५ लाख १० हजार रकममा स्थानिय राजेश ग्रील उद्योगलाई निर्माणको जिम्मा दिएको थियो ।

जिल्ला शिक्षा कार्यालयका प्राविधिकले खुलेयाम कमिसनको चलखेल गरेर नियम विपरित एक सप्लायर्स लाई विद्यालयका ट्रस भवन निर्माणको जिम्मा दिएको भगवती ग्रील उद्योगका संञ्चालक लक्ष्मण जोशीले बताए । उनले भने हरिओम ट्रेड एण्ड सप्लायर्स का संञ्चालक नवराज पन्तले पनि आफुले ट्रस भवन निर्माणकोे काम खुप पापड पेलेर लिएको भन्दै आएका छन ।

विद्यालयका भवन तथा अन्य भौतिक निर्माणका कार्यहरु टेन्डर अथवा कोटेसन मागेर निर्माण गर्नुको सट्टा सिधै हरिओम ट्रेड एण्ड सप्लायर्स सँग सम्झौता गरी ट्रस भवन निर्माण गरेको भन्दै स्थानिय व्यापारीले समेत आपत्ती जनाएका छन ।

जिल्ला शिक्षा कार्यालयका प्राविधिकले नै अन्य ठाउँबाट निर्माण भएका ट्रस भवन पास नगर्ने भनि दवाव दिएपछि बाध्य भएर सोही ठाउँमा ट्रस निर्माणको काम दिएको कुल मष्टाजन प्रावि का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधिका महरले बताइन् ।

प्राविधिकले विभिन्न विद्यालयका प्रअ र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई टेलिफोन गरी कमिसनको चलखेलबारे कसैलाई भने आउँदा बर्षहरुमा आउने कार्यक्रमहरु नदिने र यसबर्ष निर्माण परेका स्टिल ट्रस भवन पनि पास नगर्ने चेतावनी दिएको नाम नबताउने सत्रमा एक प्रअले बताए ।

जिल्ला शिक्षा कार्यालयबाट यस बर्ष १८ वटा ३ कोठे र १० वटा २ कोठे गरी जम्मा २८ वटा स्टिल ट्रस भवन निर्माण हुन थालेका छन । ३ कोठे भवन निर्माणको कूल लागत १९ लाख ५० हजार रहेको छ भने २ कोेठे भवन निर्माणको लागत १३ लाख ५० हजार रहेको छ ।

ट्रस भवन निर्माण परेका विद्यालयहरुले नै हरिओम ट्रेड एण्ड सप्लायर्स लाई स्टिल ट्रस भवन निर्माण को जिम्मा दिएको जिल्ला शिक्षा कार्यालयका द्घय प्राविधिक सिंह र उपाध्यायले बताए । उनले आफुहरुलाई झुटो आरोप लगाएको समेत जानकारी दिए ।

स्टिल ट्रस भवन निर्माण परेका सबै विद्यालयहरुले ट्रस निर्माण गरेपश्चात ट्रसको चारैतिर वाल चिन्ने प्लाष्टर र रङ रोगन गर्ने लगायतका कामहरु गर्नेछन । जिल्लाको सन्दर्भमा यसबर्ष पहिलो पटक ट्रस भवन निर्माण भएका हुन ।

हरिओम ट्रेड एण्ड सप्लायर्सका संञ्चालक नवराज पन्तले साथीको नाताले प्राविधिकलाई ट्रस भवन निर्माण जिम्मा आफुलाई दिन आग्रह गरेको बताए । उनले आफुले थोरै मुनाफामा ट्रस भवन निर्माण गर्न थालेको र कमिसनको चलखेल नभएको बताएका छन ।
प्रत्येक बर्ष ब्लक भवन बितरण तथा साक्षरता कक्षाका किताब खरिदमा अनियमितता हुने गरेको विभिन्न संञ्चार माध्यमले आवाज उठाउँदा समेत सरोकारवाला निकायको भने ध्यान जान सकेको छैन ।

जिल्ला शिक्षा कार्यालयलाई पटक पटक विद्यालयका ब्लक भवन बितरण देखि साक्षरता कक्षाका किताब खरिद सम्म खुलेयाम कमिसनको चलखेल हुने गरेको आरोप लाग्ने गरेको छ । यस्ता हर्कत बढ्न थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आगोगमा समेत जिल्लाका सबैभन्दा बढी उजूरी जिल्ला शिक्षा कार्यालयका रहेका छन ।

यता जिल्ला शिक्षा अधिकारी मदन कुमार थापाले विद्यालयका ट्रस भवन निर्माणको जिम्मा दिएको बारे आफु जानकारी नभएको बताउँदै यदी जिल्ला शिक्षा कार्यालयका प्राविधिक यसमा संलग्न देखिए आवश्यक कारबार्हि गर्ने बताए ।
फोटो क्याप्सन : राजेश ग्रील उद्योगमा निर्माण हुन थालेका स्टिल ट्रस भवन तस्बीर सम्राट सिंह ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला