असार ३०, दाङ । देउखुरीको गढवा गाउँपालिका-१ जुरौनीमा बिहिबार साँझ करिब ४ बजे आफ्नै घर अगाडी एक महिलाको मृत अवस्थामा शब फेला परेको छ ।

गढवा गाउँपालिका-१ जुरौनी निवासी सुकरे कुमालकी श्रीमती बर्ष ४० की गिता कुमालको आफ्नै घर अगाडी मृत अवस्थामा शब फेला परेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख प्रमोद क्षेत्रीले जानकारी दिनु भएको छ ।

मृतक कुमालको मृत्युको कारण भने खुल्न नसकेको प्रहरी प्रमुख क्षेत्रीले बताउनु भयो । मृत्यु कसरी भयो भन्ने बिषयमा अनुसन्धान भईरहेको ईप्रका गढवाले जनाएको छ । मृतक कुमालको शब भने पोष्टमार्टमका लागि प्राथामिक स्वास्थ्य केन्द्र लमही पठाईएको प्रहरीले जनाएको छ ।

यता स्थानीयबासीका अनुसार भने मृतक महिलाको शरिरमा निलो डाम परेकोले हत्या नै हुन सक्ने बताएका छन् । बिहान मृतक गिता र उनीकी देउरानी बीच बादबिबाद तथा हातहालाहाल सम्म भएको स्थानीयबासीले बताएका छन् ।

मृतक गितालाई क्षयरोग समेत रहेको पारिवारीक स्रोतले जनाएको छ । तर मृत्युको कारण भने अझै सम्म खुल्न सकेको छैन ।

July 14, 2017
दाङ्ग - DNG, समाज
दाङमा एक महिलाको शव मृत अवस्थामा भेटियो
By kit
3 मिनेट पढाइ