असार ३०, कञ्चनपुर । सुदूरपश्चिममा ‘जटिबुटी र जल विद्युत’को प्रचुर मात्रामा सम्भावना भएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । 

बिहीबार नेपाल व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ३०, कञ्चनपुर । सुदूरपश्चिममा ‘जटिबुटी र जल विद्युत’को प्रचुर मात्रामा सम्भावना भएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । 

बिहीबार नेपाल व"/>

२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सुदूरपश्चिममा ‘जटिबुटी र जल विद्युत’को प्रचुर सम्भावना

२०७४, ३० असार शुक्रबार ०२:१४


असार ३०, कञ्चनपुर । सुदूरपश्चिममा ‘जटिबुटी र जल विद्युत’को प्रचुर मात्रामा सम्भावना भएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । 

बिहीबार नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठान नास्टले महेन्द्रनगरमा आयोजना गरेको ‘सुदूर पश्चिममा विज्ञान, प्रविधी र अन्नेषणको सम्भावना चुनौती’ विषयक छलफलका सहभागिले यस्तो बताएका हुन् । सहभागिहरुले ७ नम्बर प्रदेश सम्भावनाको खानी भएपनि लगानी अभावका कारण यस क्षेत्रका सम्भावना अघि बढ्न नसकेको बताएका छन् ।

प्रर्याप्त लगानी गरेर विज्ञान र प्रविधीको विकास संगै रोजगारी समस्या समाधान गर्नुपर्नेमा समेत सहभागिको भनाई छ । सुदुरको पहाडी क्षेत्रमा जटिबुटी, जलविद्युतको खोज आवश्यक रहेको सहभागिले जोडदिएका छन् । विज्ञानका विद्यार्थी रमेश पन्तले विज्ञान क्षेत्रमा लगानी कार्यक्रम अभाव रहेको भन्दै खोज अनुसन्धानका लागि कार्यक्रम संचालनमा जोडदिए ।

सिद्धनाथ विज्ञान क्याम्पसका प्रमुख प्रा.डा पूर्ण बहादुर चन्दले आर्थिक अभावका कारण खोज अनुसन्धानका विषय ओझेलमा परेको बताए । हरेक क्याम्पसमा विज्ञान शिक्षा आवश्यक रहेको समेत उनले औल्याउनुभयो । यस्तै सिद्धनाथ विज्ञान क्याम्पसका उप प्राध्यापक बलराम अवस्थीले यहाँ प्रचुर मात्रामा सम्भावना भएको बताए । जैविक विविधता, प्रर्यापर्यटन, बासस्थान प्रणाली, कृषि, जटिबुटीको सदुपयोगमा जोडदिए ।

परम्परागत ज्ञानसीपलाई व्यवस्थापन गर्दै विज्ञान र प्रविधीको विकास आवश्यक रहेको बताए । नास्टका बरिष्ठ वैज्ञानिक डा. रविन्द्र ढकालले यस क्षेत्रकको सम्भावनालाई मध्यनजर गर्दै शाखा कार्यालय महेन्द्रनगरमा विस्तार भएको बताए । यहाँका सम्भावना अघि बढाउनुपर्नेमा उनले समेत जोड दिए ।

  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह