2026-07-24 06:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङका ७ वटा सहकारी खारेजी

डिवि विष्ट, चैत १४, बझाङ / बझाङ जिल्लाका ७ वटा सहकारी संस्था खारेजी भएका छन् । जिल्लाका ५६ वटा सहकारीहरु खारेजीको लिष्टमा परेका भए पनि ७ वटा सहकारी खारेजी भएका हुन ।

मीती २०५० साल ८ महीना २८ गते दर्ता भएको दर्ता नं. २०५० । ५१ रहेको श्री खापर जगन्नाथ सहकारी संस्था लिमीटेड पाराकाट्ने बझाङ , मीती २०५२ साल २ महीना १९ गते दर्ता भएको दर्ता नं. ७२५ रहेको सुर्मा देवि सहकारी संस्था दौलीचौर चौगाँऊ बझाङ, दर्ता नं. १५३३ रहेको २०५३ साल ११ महीना १६ गते दर्ता भएको माईतीबन सहकारी संस्था लिमीटेड कोटदेबल बझाङ, दर्ता नं.४०५८ रहेको २०५५ साल ८ महीना १३ गते दर्ता भएको धमेना सहकारी संस्था लिमीटेड धमेना बझाङ खारेजी भएको सहकारी डिभिजन कार्यलय डोटीले जनाएको छ ।

त्यस्तै दर्ता नं. २१७/५६/५७ रहेको मिति ०५६/५७ मा दर्ता भएको खप्तड बचत तथा ऋण सहकारी संस्था कोटभैरव बझाङ , दर्ता नं.३२१ रहेको मिति २०६३ साल ८ महीना ८ गते दर्ता भएको खप्तड परिदृष्य थलारा बहुउदेश्य सहकारी संस्था लीमीटेड कोटभैरव ८ बझाङ र मिति २०६५ साल ११ महीना २६ गते दर्ता भएको दर्ता नं. १२४/०६५/५६ रहेको नवयुग बहुउदेश्य सहकारी संस्था लिमिटेड पिपलकोट ८ दान्तोली बझाङ का सहकारी खारेजी भएका हुन् ।

यी सहकारीहरुले नियमीत रुपमा डिभिजन सहकारी कार्यलयमा बुझाउनु पर्ने विवरणहरु नबुझाएको , बार्षीक साधारण सभा , लेखा परिक्षण नगरेको , स्विकृति विनीयम बमोजीम कारोबार नगरी निस्कृय रही सहकारी डिभिजन कार्यलय डोटीले गरेको निरीक्षणका क्रममा सहकारी संस्थामा जाँदा सहकारी संस्थाका सन्चालक एवंम् सेयर सदस्य संग भेट नभएको र सहकारी डिभिजन कार्यलय बाट विभिन्न समयमा पठाएका निर्देशन पत्रको समेत बेवास्ता गरेका कारणले सहकारी ऐन २०४८ को दफा ४१ (३) बमोजीम उदेश्य विपरीत काम कार्वाही निस्कृयताको आधारमा सहकारी डिभिजन कार्यलयको मिति २०७२/११/१८ गतेको निर्णयले बझाङका ७ वटा सहकारी खारेजी गरेको हो ।

५६ वटा सहकारीहरु मध्ये ७ वटा सहकारी खारेजी भएको र बाँकी ४९ वटा सहकारीहरुले सहकारी डिभिजन कार्यालयमा सम्पर्क राखेको र समयमा नै आफ्नो सहकारीले गरेको सप्रमाणहरु पेश गरेकाले ४९ वटा सहकारी खारेजी नभएका जिल्ला बचत तथा ऋण सहकारी संघका ब्यावस्थापक कर्ण बहादुर कठायतले बताए । हाल बझाङ जिल्ला बाट सहकारी डिभिजन कार्यलय डोटीमा झन्डै २०० सहकारी दर्ता भएका छन् भने जिल्ला बचत तथा ऋण सहकारी संघ चैनपुरमा ३८ वटा सहकारी आबद्ध रहेको कठायतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक