पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>असार ३०, राजविराज । </b>सप्तरीको हनुमानगर कङ्कालनी नगरपालिका–१४ डलुवास्थित खाल्डोमा डुबेर आज एक बालकको मृत्यु भएको छ । <br></p><p>प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीका अनुसार स्थानीय पाँच वर्षीय इनदल यादवको मृत्यु भएको हो । शौच गर्न कोशी नदीको किनार जानेक्रममा उनी खाल्डोमा डुबेका थिए । </p><p>शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल लगिएको छ । रासस </p>

