2026-07-25 05:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

तरकारी पकेट क्षेत्र विकास तथा बिस्तार कार्यक्रमको संयुक्त अनुगमन

सम्राट सिंह, चैत्र १८, बझाङ । गरिबी निवारण कोषको आर्थिक तथा सप्रोस नेपालको प्राविधिक सहयोगमा संञ्चालित तरकारी पकेट क्षेत्र विकास तथा बिस्तार कार्यक्रमको बुधबार संयुक्त अनुगमन गरिएको छ ।

?

?

जिल्लाको पाराकाट्ने गाविसको मोयल, वायल र कुचमा संञ्चालित कार्यक्रमको जिल्ला कृषि विकास कार्यालय,पशुसेवा कार्यालय तथा विभिन्न गैर सरकारी संस्थाका पदाधिकारी एवं पत्रकारहरुको संयुक्त टोलीले अनुगमन गरेको हो ।

सप्रोस नेपाल,जीआइ जेट र गाविसको सहयोगमा दिव्य ज्योती सामुदायिक संस्था मार्फत सुधारिएको घट्ट, धान कुट्ने हलर,सोलार ड्राइयर, ट्रनेलहरु र वायल स्प्रिङकलर सिचाई योजनाको निर्माण गरिएको थियो । सप्रोस नेपाल तथा जिआइ जेट संस्थाले सिचाई को सुविधाका लागि वायल स्प्रिङकलर सिचाई को व्यवस्था गरिदिदा पाराकाट्ने गाविसका बासिन्दाहरु प्रत्यक्ष लाभान्वित भएका छन ।

सिचाइको अभावले एक सिजन मात्र अन्नबाली लगाउने गरेका कृषकहरुले स्प्रिङकलर सिँचाई को सुविधा पाएपछि गाउँमा तरकारी र विभिन्न अन्नवालीहरु लगाउने गरेको दिव्य ज्योती सामुदायिक संस्था का अध्यक्ष जय बहादुर वलीले बताए । सिचाईको सुविधा भएपछि बर्षेनी झण्डै ४/५ लाखको तरकारी बजारमा बिक्री गर्ने गरेको उनको भनाइ छ । अनुगमनका क्रममा जिल्ला कृषि विकास कार्यालय तथा जिल्ला पशुसेवा कार्यालयका प्रतिनिधिले कृषि बालि तथा पशुमा लाग्ने गरेका रोगको उपचारका बारे सुझाव दिएका थिए ।

२०६८ सालमा स्थापना भएको दिव्य ज्योती सामुदायिक संस्थामा रु.१० लाख बैंक मौजात रहेको समेत संस्थाका सदस्यले जनाएको छ । संस्थाको स्थानिय स्तरमा नै ३ वटा साना तरकारी संकलन केन्द्र स्थापना गर्ने र १ वटा भैरवनाथ गाविसको झोतामा ठूलो तरकारी संकलन केन्द स्थापना गर्ने लक्ष्य रहेको छ ।

सिचाइ सुविधा हुँदा अहिले सबै कृषकहरुले तरकारी बेचेर बार्षिक ४० देखि ५० हजार सम्म आम्दानी गर्ने गरेको कृषक दिनेश वलीले बताए । दिनभर गहुँ पिस्न लाग्थ्यो उनले भने सप्रोसले गाउँमै सुधारिएको पानी घट्ट निर्माण गरि दिएपछि धेरै सुविधा भएको छ ।

स्प्रिङकलर सिँचाइ योजना बनेपछि मोयल, वायल क्षेत्रका मानिसहरुले तरकारी खेती लगायत विभिन्न अन्नवाली उत्पादन गर्ने गरेकोे सप्रोस नेपालका जिल्ला संयोजक चन्द्र बहादुर सिंहले बताए ।
फोटो क्याप्सन : तरकारी मा देखिएका विभिन्न रोगबारे जानकारी दिदैै दिव्य ज्योती सामुदायिक संस्थाका महिला पदाधिकारीहरु ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक