<p><b>लोकेन्द्र प्रशाद जोशी/साउन १, दार्चुला ।</b> दार्चुलामा भिरबाट खसेर एक युवतीको मृत्यु भएको छ । <br></p><p>मृत्यु हुनेमा मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ पस्तीकी २१ वर्षिय मिना पन्त रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।</p><p>शनिबार घर नजिकैको वनमा घास काट्ने वेला भिरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्सपेक्टर लाल बहादुर साउदले जानकारी दिनुभयो । मृतक पन्त कक्षा ११ मा अध्ययनरत छात्रा हुन् ।</p>
दार्चुलामा भिरबाट खसेर एक युवतीको मृत्यु,
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

