८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुपाल्चोकमा बिधुतको पाइप फुटेर चार घरमा क्षति

२ श्रावण २०७४, सोमबार ०९:४६

साउन २, चौतारा । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका– ५ मामिङ गाउँमा चाकु खोला जलविद्युत् आयोजनाको पाइप फुटेर घरमा क्षति हँुदा चारघरका परिवार विस्थापित भएका छन् । 

लाफिङ बुद्ध पावर नेपाल प्रालिद्वारा चाकु खोलामा निर्मित ६.५ मेवाको विद्युत् आयोजनाको पाइप फुट्दा चार जनाको घरमा क्षति हुनुका साथै २९ खसी बाख्रा र १३० वटा कुखुरा बगाएको बाह्रबिसे इलाका प्रहरी कार्यालयले जनाएकोे छ । 

बाढीले चिनी तामाङको घर क्षतीग्रस्त भई २५ खसी बाख्रा र १०० वटा कुखुरा बगाएको छ भने पासाङ नुर्बु शेर्पा, नुर्बु तामाङ र मनिषा तामाङको घरमा पानी पसेकोले उनीहरु अन्यत्र सुरक्षित ठाउँमा बसेको प्रहरी निरीक्षक पञ्चकुमार बाखुले जानकारी दिनुभयो । 

बाढीले पासाङको– ५ वटा कुखुरा र मनिषाको चार बाख्रा तथा अन्य २५ वटा कुखुरा समेत बगाएको छ । शनिबार राति परेको अबिरल वर्षा पछि छ््यादी खोलामा आएको बाढीले आयोजनाको डेढमिटर गोलाइको ७० मिटर पाइप समेत बगाएकोले विद्युत् उत्पादन समेत बन्द भएको छ । 

बाढीका कारण अरनिको राजमार्गको १०० किमिमा पर्ने चाकु बजारदेखि आयोजनास्थलसम्म पुग्ने सडक पूरै अवरुद्ध भएकाले हिउँद नलागी पुनःनिर्माण हुननसक्ने आयोजनाका प्रबन्द निर्देशक समन मानन्धरले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता