२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुपाल्चोकमा बिधुतको पाइप फुटेर चार घरमा क्षति

२०७४, २ श्रावण सोमबार ०९:४६

साउन २, चौतारा । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका– ५ मामिङ गाउँमा चाकु खोला जलविद्युत् आयोजनाको पाइप फुटेर घरमा क्षति हँुदा चारघरका परिवार विस्थापित भएका छन् । 

लाफिङ बुद्ध पावर नेपाल प्रालिद्वारा चाकु खोलामा निर्मित ६.५ मेवाको विद्युत् आयोजनाको पाइप फुट्दा चार जनाको घरमा क्षति हुनुका साथै २९ खसी बाख्रा र १३० वटा कुखुरा बगाएको बाह्रबिसे इलाका प्रहरी कार्यालयले जनाएकोे छ । 

बाढीले चिनी तामाङको घर क्षतीग्रस्त भई २५ खसी बाख्रा र १०० वटा कुखुरा बगाएको छ भने पासाङ नुर्बु शेर्पा, नुर्बु तामाङ र मनिषा तामाङको घरमा पानी पसेकोले उनीहरु अन्यत्र सुरक्षित ठाउँमा बसेको प्रहरी निरीक्षक पञ्चकुमार बाखुले जानकारी दिनुभयो । 

बाढीले पासाङको– ५ वटा कुखुरा र मनिषाको चार बाख्रा तथा अन्य २५ वटा कुखुरा समेत बगाएको छ । शनिबार राति परेको अबिरल वर्षा पछि छ््यादी खोलामा आएको बाढीले आयोजनाको डेढमिटर गोलाइको ७० मिटर पाइप समेत बगाएकोले विद्युत् उत्पादन समेत बन्द भएको छ । 

बाढीका कारण अरनिको राजमार्गको १०० किमिमा पर्ने चाकु बजारदेखि आयोजनास्थलसम्म पुग्ने सडक पूरै अवरुद्ध भएकाले हिउँद नलागी पुनःनिर्माण हुननसक्ने आयोजनाका प्रबन्द निर्देशक समन मानन्धरले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै