प्रज्वल पाैडेल । साउन ३,काठमाण्डौ । लिखु गाउँपालिकाले खिम्तीका बाढी पिडितलाई तत्कालीन राहत कार्यक्रमकाे घाेषणा गरेकाे छ । मंगलबार बसेकाे गाउँ कार्यपालिकाकाे बैठकले पिडितलाई "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पाैडेल । साउन ३,काठमाण्डौ । लिखु गाउँपालिकाले खिम्तीका बाढी पिडितलाई तत्कालीन राहत कार्यक्रमकाे घाेषणा गरेकाे छ । मंगलबार बसेकाे गाउँ कार्यपालिकाकाे बैठकले पिडितलाई "/>

2026-09-19 01:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

लिखु गाउँपालिकाले खिम्ती बाढी पिडितलाई तत्काल ११ लाख राहत उपलब्ध गराउने

प्रज्वल पाैडेल । साउन ३,काठमाण्डौ । लिखु गाउँपालिकाले खिम्तीका बाढी पिडितलाई तत्कालीन राहत कार्यक्रमकाे घाेषणा गरेकाे छ । मंगलबार बसेकाे गाउँ कार्यपालिकाकाे बैठकले पिडितलाई ११ लाख राहत उपलब्ध गराउने निर्णय गरेकाे हाे ।

बैठकले तत्कालिन अवस्थामा लिखु गाउँपालिका ६ खिम्तिका मृतक परिवारलाइ २५,०००।-, घरबार पहिरोले क्षति भएका परिवारलाइ लत्ता कपडा सहित ६५,००० र बस्ति सार्नुपर्ने परिवारका लागि ५०,००० दिने निर्णय गरेकाे तिल्पुङका वडा अध्यक्ष सुवास बाेहाेराले जानकारी दिनुभयाे । 

यसैगरी गाउँपालिकाको बिपत ब्यबस्थापन समितिले बाढी अाएकाे क्षेत्रकाे अध्ययन गरेर तथ्याङ ल्याएपछि थप कार्यक्रम तथा राहत उपलब्ध गराईने लिखु गाउँपालिकाकि उपाध्यक्ष दिपशिखा दाहालले जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे-” पिडितकाे तथ्यांक संकलन, बाढी अाएकाे क्षेत्र र सम्भावित जाेखिमकाे निरीक्षण गरेपछि थप व्यवस्थापनमा जुट्नेछाै।”

‘पिडितलाई अन्य सरकारी तथा गैह्रसरकारी संस्था मार्फतपनि राहत उपलब्ध गराउने कार्य जारी छ । दिर्घकालिन रूपमा कसरी व्यवस्थापन गर्ने अध्ययन गरिदैछ’- उहाँले भन्नुभयाे। 

पिडित परिवारलाई बुधबार रकम उपलब्ध गराउने बाेहराले बताए । उहाँका अनुसार १० परिवारलाई लत्ताकपडा सहित प्रतिपरिवार ६५ (५०+१५ गरि ) हजार उपलब्ध गराईने छ ।

१. शम्भु वि.क.

२. मिना तामाङ

३. वीर बहादुर तामाङ 

४. राधा खत्री 

५. कुमार खत्री 

६. नारायण बरूवाल 

७. लाेचन खत्री

८. उमानारायण नेवार 

९. कान्छा सार्की 

१०. शाेभा बरूवाल

त्यसैगरी बास स्थान सार्नुपर्ने ८ घर परिवारलाई ५० हजार उपलब्ध गराउने निर्णय भएकाे छ ।

१. गाेपाल बहादुर खत्री

२. राेहिणी बहादुर थापा 

३. कमला बरूवाल 

४. माेहन बहादुर सुनुवार 

५. प्रेम बहादुर तामाङ 

६. धावा तामाङ 

७. माेहन सुनुवारकाे अामा 

८. उमेश तामाङ

मृतकका परिवारलाई २५/२५ हजार उपलब्ध गराईने भएकाे छ । 

पालिकाकाे बैठकले तत्कालीन अबस्थामा राहतकाे रूपमा उक्त रकम उपलब्ध गराउन लागेकाे हाे । गत असार ३१ गते शनिबार राती लिखु गाउँपालिका र गोकुललगंगा गाउँपालिकाको सिमाना भएर बग्ने छत्तिवने खोलामा आएको बाढीमा २ जनाकाे मृत्यु भएकाे थियाे भने वेपत्ता भएका ३ जनाकाे खाेजी कार्य जारी रहेकाे छ । बाढीले ९ जना घाईते भएका थिए । 

घाइतेको राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौंमा उपचार भईरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई