३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

सहमती विपरित निर्वाचन प्रकृया अघि बढाएको भन्दै प्रधानमन्त्रीलाई बिरोध पत्र

२ बैशाख २०७३, बिहीबार ०८:१५

सम्राट सिंह/ बैशाख २, बझाङ । सामान्य प्रशासन मन्त्रालयल र ट्रेड युनियनहरुबिच थ्रेसहोल्ड खारेज गर्ने भएको सहमती विपरित आधिकारिक टे«ड युनियनको निर्वाचन प्रक्रिया अघि बढाएको भन्दै बिहिबार बिरोध पत्र बुझाएको छ ।

आन्दोलनरत संगठनहरुका मागहरुलाई बेवास्ता गरी गैर कानुनी ढंगले निर्वाचन कार्यक्रम प्रकाशित गरी विर्वाचन प्रक्रिया अघि बढाएकोमा असहमती जनाउदै नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बझाङले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बिरोध पत्र बुझाएको हो ।
bajhang - sajha sabal
सामान्य प्रशासन मन्त्रालय र ट्रेड युनियनहरु बिच भएको सहमती कार्यान्वयन गर्न र तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्न पटक पटक नेपाल सरकार समक्ष माग राख्दै चार वटा निजामती कर्मचारी संगठनहरु आन्दोलनमा उत्रेका थिए ।

कानुनको उलङघन गरी प्रमुख निर्वाचन अधिकृतको कार्यालयले विनियमावलीको प्रावधान बिपरित स्वइच्छाचारी तरिकाले निर्वाचन कार्यक्रम प्रकाशित गरेकोले असहमती जनाउदै बिरोध पत्र बुझाएको नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका केन्द्रिय सचिवालय सदस्य एवं ७ नम्बर प्रदेशका सचिव प्रेम बहादुर सिंहले बताए । उनले भने नयाँ परिस्थितीका नयाँ निर्वाचन कार्यक्रम घोषणा गरियोस भन्ने कुरा बिरोध पत्र मार्फत नेपाल सरकारको ध्यान आर्कषण गराएको हो ।

नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बझाङका अध्यक्ष मदन राज जैसी को हस्ताक्षर भएको बिरोध पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले बिरोध पत्र तत्काल प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाउने बताए ।

फोटो क्याप्सन: प्रमुख जिल्ला अधिकारीलाई बिरोध पत्र बुझाउदै नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका केन्द्रिय सचिवालय सदस्य एवं ७ नम्बर प्रदेशका सचिव प्रेम बहादुर सिंह

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’