2026-09-19 01:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

सहमती विपरित निर्वाचन प्रकृया अघि बढाएको भन्दै प्रधानमन्त्रीलाई बिरोध पत्र

सम्राट सिंह/ बैशाख २, बझाङ । सामान्य प्रशासन मन्त्रालयल र ट्रेड युनियनहरुबिच थ्रेसहोल्ड खारेज गर्ने भएको सहमती विपरित आधिकारिक टे«ड युनियनको निर्वाचन प्रक्रिया अघि बढाएको भन्दै बिहिबार बिरोध पत्र बुझाएको छ ।

आन्दोलनरत संगठनहरुका मागहरुलाई बेवास्ता गरी गैर कानुनी ढंगले निर्वाचन कार्यक्रम प्रकाशित गरी विर्वाचन प्रक्रिया अघि बढाएकोमा असहमती जनाउदै नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बझाङले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बिरोध पत्र बुझाएको हो ।
bajhang - sajha sabal
सामान्य प्रशासन मन्त्रालय र ट्रेड युनियनहरु बिच भएको सहमती कार्यान्वयन गर्न र तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्न पटक पटक नेपाल सरकार समक्ष माग राख्दै चार वटा निजामती कर्मचारी संगठनहरु आन्दोलनमा उत्रेका थिए ।

कानुनको उलङघन गरी प्रमुख निर्वाचन अधिकृतको कार्यालयले विनियमावलीको प्रावधान बिपरित स्वइच्छाचारी तरिकाले निर्वाचन कार्यक्रम प्रकाशित गरेकोले असहमती जनाउदै बिरोध पत्र बुझाएको नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका केन्द्रिय सचिवालय सदस्य एवं ७ नम्बर प्रदेशका सचिव प्रेम बहादुर सिंहले बताए । उनले भने नयाँ परिस्थितीका नयाँ निर्वाचन कार्यक्रम घोषणा गरियोस भन्ने कुरा बिरोध पत्र मार्फत नेपाल सरकारको ध्यान आर्कषण गराएको हो ।

नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बझाङका अध्यक्ष मदन राज जैसी को हस्ताक्षर भएको बिरोध पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले बिरोध पत्र तत्काल प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाउने बताए ।

फोटो क्याप्सन: प्रमुख जिल्ला अधिकारीलाई बिरोध पत्र बुझाउदै नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका केन्द्रिय सचिवालय सदस्य एवं ७ नम्बर प्रदेशका सचिव प्रेम बहादुर सिंह

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई