2026-09-19 02:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पद्म नर्सिङ होम–भाटभटेनी ट्याक्सी ईकाइ समितिको रक्तदानमा ९९ युनिट रगत

पोखरा, ४ साउन /पद्म नर्सिङ होम–भाटभटेनी ट्याक्सी इकाइ समिति पोखराले आयोजना गरेको रक्तदान कार्यक्रममा ९९ युनिट रगत संकलन भएको छ । समितीले आफ्नो आठौ वार्षिकोत्सव समारोह संगै बुधवार आयोजना गरेको रक्तदान कार्यक्रममा ९९ जनाले रक्तदान गरेका हुन ।

ट्याक्सी ब्यवशायी समिती पोखराका अध्यक्ष प्रकाशमणी तिवारीले पहिलो रक्तदाता इकाइ समितीका सह सचिव हरि बहादुर देवकोटालाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । सो समारोहमा वोल्दै ट्याक्सी ब्यवशायी समिती पोखराका अध्यक्ष प्रकाशमणी तिवारीले ब्यवशायीहरुले ब्यवशायमा मात्र सिमीत नभै समाजसेवामा समेत सहभागी हुने गरेको वताए ।


उनले राज्यले यातायात ब्यवशायी प्रति हेर्ने दृष्टीकोण अझैपनी सकारात्मक हुन नसक्दा ब्यवशायीहरु पलायन हुने क्रम वढेकोमा चिन्ता ब्यक्त गरे । तिवारीले राज्यले मापदण्ड निर्माण नगरी करको दायरा वढाउदै लैजानु अनावश्यक रुपमा ब्यवशायीलाई दुख दिने काम बढिरहेकाले यसप्रति सवै ब्यवशायीहरु एकजुट भइ आवाज उठाउनुपर्नेमा जोड दिए ।
सो अवसरमा वोल्दै वरिष्ठ रेडियोलोजिस्ट डाक्टर कालु शर्माले ब्यवशायीहरुले ब्यवशाय मात्र सिमीत नभइ विरामीको सेवामा समेत अग्रसरता देखाएकोमा वधाइ ब्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कामलाई निरन्तरता दिन आग्रह गरे ।


इकाइ समितीका संयोजक केशव बहादुर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ट्याक्सी ब्यवशायी समिती पोखराका निवर्तमान अध्यक्ष गान्धीराज गिरी, रक्तसञ्चार केन्द्र पोखराका प्रमुख महेन्द्र केसी, पद्म नर्सिङ होम–भाटभटेनी ट्याक्सी इकाइ समिती पोखराका संस्थापक संयोजक गुण्डा श्रेष्ठ (मीन), ट्याक्सी ब्यवशायी समितीका वरिष्ठ उपाध्यक्ष शोभाकान्त पौडेल, ट्याक्सी ब्यवशायी समितीका कोषाध्यक्ष सूर्य बहादुर थापा, ट्याक्सी ब्यवशायी समितीका सदस्य अर्जन पौडेल लगायतले शुभकामना ब्यक्त गरेका थिए । पद्म नर्सिङ होम–भाटभटेनी ट्याक्सी इकाइ समिती पोखराका उपाध्यक्ष राजेन्द्र दवाडीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव ईमान शाहीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो