2026-06-30 03:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

संगठनका मागलाई बेवास्ता गरी निर्वाचन प्रकृया अघि बढाएको भन्दै मतदान केन्द्रमा धर्ना

dharna newsसम्र्राट सिंह/बैशाख ६, बझाङ । सामान्य प्रशासन मन्त्रालय र ट्रेड युनियनहरुबिच थ्रेसहोल्ड खारेज गर्ने भएको सहमती विपरित आधिकारिक ट्रेड युनियनको निर्वाचन प्रक्रिया अघि बढाएको भन्दै सोमबार मतदान केन्द्रमा धर्ना बसेका छन ।

आन्दोलनरत संगठनहरुका मागहरुलाई बेवास्ता गरी गैर कानुनी ढंगले निर्वाचन कार्यक्रम प्रकाशित गरी निर्वाचन प्रक्रिया अघि बढाएकोमा असहमती जनाउदै नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बझाङका पदाधिकारीहरु मतदान केन्द्रमा धर्नामा बसेका हुन ।

कानुनको उलङघन गरी प्रमुख निर्वाचन अधिकृतको कार्यालयले विनियमावलीको प्रावधान बिपरित स्वइच्छाचारी तरिकाले निर्वाचन कार्यक्रम प्रकाशित गरेकोले असहमती जनाउदै धर्नामा बसेका नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष मदन राज जैसीले बताए ।

सामान्य प्रशासन मन्त्रालय र ट्रेड युनियनहरुबिच थ्रेसहोल्ड खारेज गर्ने भएको सहमती कार्यान्वयन नहुँदा सम्म संगठनको आन्दोलन निरन्तर जारी रहने उनको भनाई छ । सामान्य प्रशासन मन्त्रालय र ट्रेड युनियनहरु बिच भएको सहमती कार्यान्वयन गर्न दवावका लागि संगठनले पटक पटक बिरोध पत्रदेखि मतदान केन्दमा धर्ना दिदै आएका छन ।

निजामती कर्मचारी युनियन र निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति का पदाधिकारीहरु भने आफ्नो पक्षमा विजय हात पार्न व्यापक प्रचार प्रसारमा जुटेका छन ।

नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका पदाधिकारिहरुले शान्तिपूर्ण तरिकाले बिहान ११ बजे देखि दिउँसो १ बजे सम्म धर्ना दिएको निर्वाचन अधिकृत मोहनी प्रसाद जोशीले बताए । उनले केन्द्रबाट निर्वाचन बारे थप निर्देशन नआएको जानकारी दिए ।
फोटो क्याप्सन ः सहमती विपरित आधिकारिक टे«ड युनियनको निर्वाचन प्रक्रिया अघि बढाएको भन्दै मतदान केन्दमा धर्ना दिदै,, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन जिल्ला कार्यसमितिका पदापधकारीहरु

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु