काठमाडौँको नैकापमा २७ वर्षीय युवक मृत फेला

साझासवाल

काठमाडौँ | रौतहटका एक युवक काठमाडौँमा मृत फेला परेका छन्।

काठमाडौँको चन्द्रागिरि नगरपालिका १४ नैकापमा रौतहट घर भएका २७ वर्षीय अमित कुमार साह मृत फेला परेको प्रहरीले जानकारी दिएको छ।

उनी नैकापमा डेरा गरी बस्थे। आफ्नै कोठामा सुतिरहेको अवस्थामा उनी मृत फेला परेका हुन्।