2026-09-19 01:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

नेपाल रेडक्रस सोसाईटीको १५औँ सुदुरपश्चिमाञ्चल क्षेत्रीय गोष्ठि बझाङमा

photoडिवि विष्ट/बैशाख ९, बझाङ । नेपाल रेडक्रस सोसाईटी को १५ औँ सुदुरपश्चिमाञ्चल क्षेत्रीय गोष्ठि बझाङ जिल्लामा आज बाट सुरु भएको छ ।

नेपाल रेडक्रस सोसाईटी सुदरपश्चिमाञ्चल क्षेत्रीय समन्वय समीतीको को आयोजनामा १५ औँ सुदुरपश्चिमाञ्चल क्षेत्रिय गोष्टि बझाङ जिल्लामा सुरु भएको हो ।
सदरमुकाम चैनपुरमा सन्चालन भएको उक्त गोष्टिमा सुदुरश्चिमका ९ वटै जिल्ला बझाङ, बाजुरा, डोटि, अछाम, कैलाली, कञ्चनपुर, बैतडि, दार्चुल्ला र डडेल्धुराका उपशाखा प्रमुख प्रतिनिधि, नेपाल रेडक्रस सोसाईटि कार्यकारी निर्देशक लगायतको सहभागीता रहेको छ ।

उक्त गोष्टिमा सुदुरपश्चिममा रहेका ९ वटा शाखाहरुले बर्ष भरी गरेको कामको गतिविधिको समीक्षा गरीने कार्यक्रमका अध्यक्ष तथा सुदुरपश्चिमाञ्चल संयोजक सुरेन्द्र सिहँ ऐरले बताउनु भयो ।

साथै उक्त गोष्ठिले कुन जिल्ला लाई केको आवस्यक छ भन्ने कुरालाई मनन् गरी केन्द्र सम्म पहल गर्न निचोड निकालिने नेपाल रेडक्रस सोसाईटी उपशाखा बझाङका अध्यक्ष केश बहादुर खातीले बताउनु भयो ।

सुदुरपश्चिमाञ्चलमा रहेका ९ वटा जिल्ला मध्ये बझाङ जिल्ला शाखा सबै भन्दा हरेक काममा उत्कृष्ट रहेको र बझाङ जिल्ला शाखाले राष्ट्रिय पुरस्कार समेत पाएको कार्यक्रमका प्रमुख अतिथी तथा नेपाल रेडक्रस सोसाईटिका केन्द्रिय अध्यक्ष सन्जिब थापाले बताउनु भयो । आज सन्चालन भएको उक्त गोष्ठिको समापन १० गते हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई