पर्वत । केन्द्र विवादका कारण पर्वतको बिहादी गाउँपालिकाको बजेट समयमै आउन सकेको छैन । स्थानीय तहको पुनःसंरचनाको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । केन्द्र विवादका कारण पर्वतको बिहादी गाउँपालिकाको बजेट समयमै आउन सकेको छैन । स्थानीय तहको पुनःसंरचनाको "/>
2026-09-19 04:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतको बिहादी गाउँपालिकाको केन्द्र विवादका कारण गाउँसभा अनिश्चित

पर्वत । केन्द्र विवादका कारण पर्वतको बिहादी गाउँपालिकाको बजेट समयमै आउन सकेको छैन । स्थानीय तहको पुनःसंरचनाको क्रममा तोकिने गाउँपालिकाको केन्द्रमा सभाका सदस्यहरु बिच विवाद देखिएपछी बजेट प्रभाबित बनेको हो ।

वहाकीठाटी सहितका तह बाट सभामा प्रतिनिधीत्व गर्ने सदस्यहरुले हालको केन्द्र लाई स्वागत गरेपनि रानीपानी,बराचौर र बाच्छाबाट सभामा प्रतिनिधीत्वगर्ने सदस्य हरुले विरोध जनाएपछी केन्द्रको बिबाद उत्कर्षमा पुगेको छ । ६ वडा रहेको बिहादी गाउ“सभामा गाउ“पालिका अध्यक्षरउपाध्यक्ष सहित १३ सदस्य एमाले, १४ सदस्य कांग्रेस र ७ जना एकिकृत माओबादीका छन् ।

सदस्यहरु बिच सहमति जुट्न नसक्दा समस्या उत्पन्न भएको छ । रानीपानी र बराचौरका जनप्रतिनिधीहरुले पहिले केन्द्रको टुङ्गो नलागे सम्म गाउँ परिषद नै चल्न नदिने चेतावनी दिएका छन् । गाउँसभाका सदस्यहरु विच सहमति नभएपछी गाउँ परिषद् चल्न सकेको छैन जसका कारण बजेट प्रभाबित बनेको छ ।

वहाकीठाँटीका जनप्रतिनिधीहरुले राजपत्रमा उल्लेख भएअनुसार केन्द्र कायम गरी बजेट सार्वजनिक गर्नुपर्ने माग राख्दै आएका छन् भने रानीपानी,बराचौरका जनप्रतिनिधीहरुले रानीपानीमा केन्द्र राखीनुपर्ने माग गरेका छन् । केन्द्रप्रति वडा नं। ५ उरामपोखरा र ६ शालिग्रामका जनप्रतिनिधीहरुले भने केहीँ प्रतिक्रीया जनाएका छैन्न् ।

सरकारले गत फागुन २७ गते बिहादी गाउँपालिकाको केन्द्र वहाकीठाँटीमा राख्ने राजपत्रमा प्रकाशित गरेको दिन देखिनै रानीपानी,बराचौर र बाच्छाका नागरिकले असहमति पत्रमा हस्ताक्षर गरेका थीए । बिहादी गाउँपालिमा हाल सञ्चालन भईरहेको केन्द्र सबै ठाउँका नागरिक लाई पायक नपर्ने हुदाँ केन्द्र तत्काल सारिनुपर्ने बिहादी गाउँपालिका वडा नं। २ का वडाध्यक्ष ओम प्रसाद कुवँरले बताउनुभयो ।

बाच्छा र उरामपोखराका बासीन्दा लाई पायक पर्ने स्थान पोखराचौर हुने हुदाँ केन्द्र पोखराचौरको आसपासमानै हुनुपर्ने उहाँको भनाई छ । यधपी उहाँले भुगोल अनुसार उरामपोखराको गेप्ताङ्ग र बाच्छाको पातीचौरको बिच भाग नापेर जहाँ ठीक बीच पर्छ केन्द्र सोही ठाउँमा राख्न आफु तयार रहेको बताउनुभयो । हालको केन्द्रमा बाच्छा सहितका साबिक गाविसबासीले असहज र अब्यवहारिक भएको प्रतिक्रिया दिएका छन् भने वहाकीठाटी सहतिका बासीन्दाले वहाकीठाटीमानै केन्द्र हुनुपर्ने प्रतिक्रीया दिएका छन् ।

पहिलो प्रस्तावमा गरिएको रानीपानीमा केन्द्र नहुदाँ स्थानीयस्तरबाटै चर्को विरोध भएको छ’ । पुनःसंरचना भएकाले विवाद हुनु समान्य भएपनि त्यसलाई स्थानीए तहबाटनै समाधान गर्नुपर्ने गाउँपालिका अध्यक्ष कमल भुषालले बताउनुभयो । उहाँले गाउँ परषद् सकेर केन्द्रको बिबाद सुल्झाउन अग्रह गर्नुभयो ।

‘सबै विषयमा सहमति जुटेकै छैन,’ भुषालले भन्नुभयो, ‘सहमति जुटाएर बजेट पास गर्ने तयारीमा छौ । उहाँले सबै लाई पायक पर्ने स्थानमा केन्द्र राख्न आफु तयार रहेको प्रष्ट पार्नुभयो । केन्द्रको लागी प्रशासनिक सुगमता, भौगोलिक बनावट, प्राकृतिक सम्पदा, जनसंख्या, भाषिक र जातीय सघनता लगायत मापदण्ड रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा