ताराबहादुर महत। श्रावण ५, दोलखा । जनताको करबाट संचालित हरेक गतिविधिको एक–एक हिसाब किताब जनतालाई बुझाउन सुचना आयुक्त किरणकुमार पोखरेलले दोलखाका सार्वजनिक निकायलाई आग्रह गर्नुभएको छ ।

राष्ट्रिय सुचना आयोगद्वारा आज चरिकोटमा आयो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत। श्रावण ५, दोलखा । जनताको करबाट संचालित हरेक गतिविधिको एक–एक हिसाब किताब जनतालाई बुझाउन सुचना आयुक्त किरणकुमार पोखरेलले दोलखाका सार्वजनिक निकायलाई आग्रह गर्नुभएको छ ।

राष्ट्रिय सुचना आयोगद्वारा आज चरिकोटमा आयो"/>

2026-09-19 03:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

एक–एक हिसाब किताब जनतालाई बुझाउ ः सुचना आयुक्त पोखरेल

ताराबहादुर महत। श्रावण ५, दोलखा । जनताको करबाट संचालित हरेक गतिविधिको एक–एक हिसाब किताब जनतालाई बुझाउन सुचना आयुक्त किरणकुमार पोखरेलले दोलखाका सार्वजनिक निकायलाई आग्रह गर्नुभएको छ ।

राष्ट्रिय सुचना आयोगद्वारा आज चरिकोटमा आयोजित सुचनाको हक सम्बन्धि एक दिवसिय अभिमुखीकरण तथा अन्र्तक्रिया कार्यक्रममा आयुक्त पोखरेलले राजनितिक दलका जनप्रतिनिधिहरुले कानुन बनाएर स्थापित गरेको सुचनाको हक कार्यान्वयन गराउने प्रमुख जिम्मेवारी उनीहरुको रहेको बताउनुभयो । एक अर्को प्रसङ्गमा उहाँले पत्रकारहरुले प्राप्त सुचनाको पुष्टी गराएर मात्र समाचार लेख्नुपर्ने बताउनुभयो । पुष्टी गराएर समाचार लेख्दा समाचारको प्रभावकारीता बढ्ने र सहि सुचना पाउने जनताको अधिकारको पनि सम्मान हुने पोखरेलको भनाई छ ।

कार्यक्रममा बोल्नुहुँदै दोलखाका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले अधिकारप्रति सचेत तर कर्तव्यप्रति उदासिनता देखाउने प्रवृत्तिले सुचनाको हक कार्यान्वयनमा केहि समस्या रहेको गुनासो गर्नुभयो । साथै प्रक्रिया पु¥याएर आएमा कुनै पनि सुचना पाउनबाट कसैले बञ्चित हुनु नपर्ने उहाँको भनाई थियो । त्यसैगरी भिमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले सुचनाको हकमा गोप्य राख्नुपर्ने भनि उल्लेख गरिएका ५ वटा विषय बाहेकका सबै सुचना नागरिकमा प्रवाह गर्न आफू सदैव प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा आयोगका उपसचिव अच्युत पौडेल र गोरखापत्र राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक शिवकुमार भट्टराईले सुचनाको हक र नेपालको प्रेसका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । दोलखाका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामा, राप्रपा नेपाल दोलखाका उपाध्यक्ष नवराज श्रेष्ठ, एमाले दोलखाका प्रचार विभाग प्रमुख धर्मेन्द्र मोक्तान, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, सुचना अधिकारी, सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई