पर्वत । पर्वतको कुश्मा नगरपालिका १ पाङ घर भई आईवल एकेडेमी वोडिङ स्कुलमा पढाउँदै आएका शिक्षक नारायण पौडेलको रहस्यमय मृत्यूको छानबिनका लागि बाग्लुङ जिल्ला प्रहरी कार्यालय पठाएको छ । पर्वत प्रहरीले लामो छानबिनबाट कुनै प्रमाण फेला पार्न नसकेपछि घटना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  पर्वत । पर्वतको कुश्मा नगरपालिका १ पाङ घर भई आईवल एकेडेमी वोडिङ स्कुलमा पढाउँदै आएका शिक्षक नारायण पौडेलको रहस्यमय मृत्यूको छानबिनका लागि बाग्लुङ जिल्ला प्रहरी कार्यालय पठाएको छ । पर्वत प्रहरीले लामो छानबिनबाट कुनै प्रमाण फेला पार्न नसकेपछि घटना"/>
2026-09-19 04:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वत प्रहरीले शिक्षक मृत्युको रहस्य पत्ता लगाउन नसकेपछि भन्यो–यो घटना पर्वतको होइन

 पर्वत । पर्वतको कुश्मा नगरपालिका १ पाङ घर भई आईवल एकेडेमी वोडिङ स्कुलमा पढाउँदै आएका शिक्षक नारायण पौडेलको रहस्यमय मृत्यूको छानबिनका लागि बाग्लुङ जिल्ला प्रहरी कार्यालय पठाएको छ । पर्वत प्रहरीले लामो छानबिनबाट कुनै प्रमाण फेला पार्न नसकेपछि घटना घटेको स्थल बाग्लुङ भएको भन्दै छानविन गर्न बाग्लुङ पठाएको हो । गत जेठ २५ गतेदेखि बेपत्ता बनेका पौडेलको शव १५ दिन पछि वाग्लुङ जिल्लाको जैमुनि गाउँपालिका ८, बेलवगर स्थित कालिगण्डकी नदि किनारमा फेला परेको थियो । पर्वत प्रहरीले दिएको जानकारी अनुसार पौडेलको शव वाग्लुङ जिल्लामा भेटिएको र बाग्लुङ जिल्लाबाट पत्र साथ जाहेरी दर्खास्त लगायतका कागजातहरु पर्वत प्रहरीमा प्राप्त भएकाले अनुसन्धान गरिरहेको भएपनि हालसम्मको अनुसन्धान तहकिकात तथा उपलब्ध तथ्य, प्रमाणवाट यस जिल्ला अन्तर्गत वारदात स्थल पुष्टि हुन नआएको हुदा शव फेला परेको स्थानलाई घटनास्थल मानिने भन्दै बाग्लुङ नै पठाईएको बताइएको छ ।

पर्वत प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयसँगको रायको आधारमा घटनास्थल मानिने मुलुकी ऐन अदालती वन्दोवस्तिको २९ नं. को (२) अनुसार सोही ईलाकाको अड्डावाट हेर्नुपर्छ भनि उल्लेख भएको हुदा सोही अनुसार गर्नु हुन भनि पक्राउ परेका प्रतिवादीहरु र सक्कल मिसिल समेत थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय वाग्लुङ पठाईएको बताएको छ । शिक्षक पौडेलको परिवारले भने विद्यालयका प्रिन्सीपल र २ जना अभिभावक सहितको मिलेमतोमा हत्या भएको भन्दै छानबिनका लागि जाहेरी दिएको थियो । पर्वत प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएर छानबिन गरिरहेको भएपनि कुनै तथ्य फेला पार्न सकेको छैन । यता बिद्यालयका अभिभावक, ब्यावस्थापन समिति, बिद्यार्थी तथा प्रिन्सीपल बिमल पौडेलका आफन्तहरुले भने बिनाकारण गिरफ्तार गरि प्रहरीले अनावश्यक दु:ख दिएको बताएका छन् ।

http://phalewassandesh.com/userfiles/

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा