साउन ६, काठमाडौँ । रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा दलित युवकसँग प्रेम सम्बन्ध राखेको आरोपमा आफ्नै छोरी कुट्ने बाबुसहित पाँच जनालाई प्रहरीले मुद्द"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ६, काठमाडौँ । रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा दलित युवकसँग प्रेम सम्बन्ध राखेको आरोपमा आफ्नै छोरी कुट्ने बाबुसहित पाँच जनालाई प्रहरीले मुद्द"/>

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छोरी कुट्ने बाबुसहित पाँचविरुद्ध मुद्दा दायर

२०७४, ६ श्रावण शुक्रबार ११:१५


साउन ६, काठमाडौँ । रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा दलित युवकसँग प्रेम सम्बन्ध राखेको आरोपमा आफ्नै छोरी कुट्ने बाबुसहित पाँच जनालाई प्रहरीले मुद्दा चलाएको छ । 

शुक्रबार घटनामा संग्लन युवतीका बुवाका इन्नर यादवसहित ५ जना विरुद्ध जिल्ला अदालत रुपन्देहीमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरी कारवाही प्रक्रिया अगाडि बढाइएको रुपन्देही प्रहरीले जनाएको छ । 

सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ का ४६ वर्षीय इन्नर यादव, १८ वर्षीय दिनेश यादव, ५५ वर्षीय लालमोहन अहिर यादव, लालमोहनकी श्रीमती र गाउँले युवक २५ वर्षीय पशुपति कोइरी उपर ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको छ ।

सम्मरीमाई गाउँपालिका–६, हिडुलीकी १७ वर्षीया मनिता यादवलाई स्थानीय २१ वर्षीया दिनेश लोधसँग प्रेम गरेकोभन्दै परिवारका सदस्यले नै निर्घात कुटपिट गरेका थिए । असार १९ गतेको घटना बिहीबार मात्रै सार्वजनिक भएको थियो ।

युवती कुटिएको भिडियो सार्वजनिक भएपछि गृहमन्त्री जनार्दन शर्माकै निर्देशनमा रुपन्देही प्रहरीले कारबाही प्रक्रिया सुरु गरेको थियो ।

महिला हिंसा भएको घटनालाई स्थानीय स्तरमै मिलाप गराएको भन्दै मर्चवार इलाकाका प्रमुख प्रहरी निरीक्षक उदयसिंह सिजापतिलाई स्पष्टिकरण सोधेको छ ।

मर्चवार प्रहरीले किशोरीसंग प्रेम सम्बन्धमा रहेका लोधलाई एकलाख क्षतिपूर्ति गराई छाडेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै