साजन परियार, पर्वत । पर्वतको कुश्मानगरपालिका १४ आर्थरडाँडाखर्कका वडाध्यक्षलाई आर्थिक अनियमितता गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
साजन परियार, पर्वत । पर्वतको कुश्मानगरपालिका १४ आर्थरडाँडाखर्कका वडाध्यक्षलाई आर्थिक अनियमितता गर"/>
2026-09-19 04:38 PM
पर्बत - PBT

एमालेवाट निर्वाचित आर्थरका वडा अध्यक्ष भिमप्रसाद गुरुङ अख्तियारको फन्दामा

साजन परियार, पर्वत । पर्वतको कुश्मानगरपालिका १४ आर्थरडाँडाखर्कका वडाध्यक्षलाई आर्थिक अनियमितता गरेको आरोपमा अख्तियारले छानविन थालेको छ ।
विभिन्न शिर्षकमा अख्तियारले वडाध्यक्ष भिमप्रसाद गुरुङलाई अनुसन्धान थालेको हो । पञ्चकोशी माविको अध्यक्ष हुँदा शिक्षक नियुक्तिमा आर्थिक चलखेल गरेको, पञ्चकोशी पञ्चधाम सहकारीको सचिव र सहकारी पसल व्यवस्थापक हुँदा आर्थिक हिनामिना गरेको, भिडिएफ संस्थाको रकम हिनामीना गरेको जस्ता विषयमा उहाँमाथी अनुसन्धान थालिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।


नवनिर्वा्चित वडाध्यक्ष गुरुङलाई अख्तियारमा तारेखमा वोलाएर अनुसन्धान गरिरहेको जनाएको छ । अख्तियारमा मुद्धा परेपछि अध्यक्ष विवादित वन्नुभएको छ । दुईवर्षे कार्यालय पञ्चकोशी माविको अध्यक्ष हुँदा रकम लिएर शिक्षक नियुक्ति गरेको सम्वन्धमा जिल्ला शिक्षा कार्यालय मार्फत पटक पटक पत्र काटेर जवाफ माग गरिएको अख्तियार पोखराले जनाएको छ ।


पञ्चकोशी माविको अध्यक्ष हुँदा शिक्षक नियुक्तिमा आर्थिक चलखेल गरेको, पञ्चकोशी पञ्चधाम सहकारीको सचिव र सहकारी पसल व्यवस्थापक हुँदा आर्थिक हिनामिना गरेको, भिडिएफ संस्थाको रकम हिनामीना गरेको जस्ता विषयमा उहाँमाथी अनुसन्धान थालिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।


त्यस्तै सहकारी र भिडिएएफ कार्यक्रमको अनियमितताका वारेमा जिल्ला समन्वय समिति मार्फत स्पष्टिकरण लिईरहेको पनि जनाइएको छ । गुरुङले पञ्चकोशी पञ्चधाम सहकारीमा १४ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा मुद्धा दायर भएको छ भने भिडिएफ कार्यक्रमको १२ लाख रुपैयाँ हिनामिना गरेको भन्दै अख्तियारमा मुद्धा दायर भएको छ ।


 उहाँले वडामा निर्वा्चित भएपछि पनि नियमविपरितका काम गर्दै आएको स्थानीयले आरोप लगाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा