पर्वत ।जल्ला समन्वय समिति पर्बतले नियम बिपरित चर्को रुपमा सडक कर उठाउने गरेको खुलासा भएको छ । 

आफ्नो स्रोत बाट निर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।जल्ला समन्वय समिति पर्बतले नियम बिपरित चर्को रुपमा सडक कर उठाउने गरेको खुलासा भएको छ । 

आफ्नो स्रोत बाट निर्"/>

2026-09-19 04:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

ऐन नियम बिपरित कर उठाउ“दै जिल्ला समन्वय समिति

पर्वत ।जल्ला समन्वय समिति पर्बतले नियम बिपरित चर्को रुपमा सडक कर उठाउने गरेको खुलासा भएको छ । 

आफ्नो स्रोत बाट निर्माण        गरेको वा आफूलाई हस्तान्तरण भई आएको सड़क बाटो तथा पुल बाट आवागमन गर्ने     सवारी तथा यातायातका साधनमा लगाइने पटके कर अन्य जिल्लाको तुलनामा अत्यन्तै महँगो हुने गरेको स्थानीय यातायात ब्यबसायीहरुले गुनासो गरेका छन । बुधबार मोदी गाउँ पालिकाको पातिचौरमा आयोजित सरोकारवालाहरुको भेलामा बोल्ने अधिकांश वक्ताहरुले यस्तो गुनासो गरेका हुन ।

स्थानीय स्वायत्त शासन ऐन अनुसार निजी तथा भाडाका बस ट्रकमा पाँच रुपैया देखि पच्चीस रुपैया सम्म, मिनी बस तथा ट्याक्टर मा पाँच रुपैया देखि पन्ध्र रुपैया सम्म र निजी तथा भाडाका कार टेम्पोमा पाँच रुपैया देखि दश रुपैया सम्म पटके कर लिन पाइने ब्यबस्था भएको भए पनि जिल्ला समन्वय समितिले बोलपत्र आह्वान गरी तीन सय रुपैया भन्दा बढ़ी पटके कर लिने गरी ठेकेदारहरुलाई उठाउने जिम्मा दिने       गरेको सवारी धनी तथा स्वयं ठेकेदारहरुले बताएका छन । 

ऐन नियम बिपरित चर्को रुपमा उठाइने गरेको पटके कर कै कारण ग्रामीण भेगमा चल्ने जीप तथा ट्याक्टरले भाडा बढ़ी लिनु परेको ब्यबसायीहरुको तर्क छ भने छोटो दुरीमा आफूहरू महँगो भाडा तिरेर यात्रा गर्नु परेको यात्रुहरुको गुनासो छ ।  ऐनमा तोकिए भन्दा झण्डै बीस गुणा बढ़ी पटके कर उठाउने गरिएको भए  पनि सडक मर्मतमा सो रकम खर्च हुने गरेको छैन । जब कि स्थानीय स्वायत्त शासन ऐन अनुसार यसरी उठाईने कर सम्बन्धित सड़क को मर्मत संभारमा मात्र खर्च गर्नु पर्ने  प्राबधान छ ।

सो भेलाले ऐन नियम बिपरित नयाँ आर्थिक बर्षका लागि चर्को रुपमा सडक कर उठाउने गरी जिल्ला समन्वय समितिले  ठेक्का प्रकृया अगाडि बढाएको भन्दै उक्त निर्णय सच्याउनका लागि दबाब दिने उद्धेश्यका साथ मोदी गाउँ पालिका वडा नं २ का वडाध्यक्ष बिकास तिमिल्सीनाको संयोजकत्वमा स्थानीय जन प्रतिनिधिहरु र बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरु सहितको १९ सदस्यीय एक सरोकार समिति समेत गठन गरिएको छ ।

नवगठित  समितिले बिद्यमान संबिधान ऐन नियम अनुसारको ब्यबस्था र स्थानीय तहको अधिकार क्षेत्रको अध्ययन गरी सम्बन्धित निकायहरु समक्ष समस्याको समाधान गर्न पहल गर्ने संयोजक तिमिल्सिनाले जानकारी दिनु भयो ।

उक्त भेलामा वडा नं ३ का वडाध्यक्ष देबेन्द्र बहादुर क्षेत्री , पर्बत उधोग बाणिज्य संघका सदस्य गंगा तिमिल्सिना, सामुदायिक सेवा समाजका अध्यक्ष रामचन्द्र तिमिल्सिना,  प्रहरी चौकि देउपुरका इन्चार्ज एक नारायण खनाल, ट्राफिक प्रहरी हवल्दार रेशम बहादुर थापा, पातिचौर बजार ब्यबस्थापन समितिका भीम प्रसाद शर्मा,यातायात तथा निर्माण ब्यबसायी बेल बहादुर कार्की,  खिम बहादुर हमाल, राजेन्द्र हमाल लगायतको उपस्थिति रहेको      थियो ।

यसैबीच सोही कार्यक्रममा भर्खरै सरुवा भई आउनु भएका प्रहरी चौकी देउपुरका इन्चार्ज एक नारायण खनाललाई स्वागत तथा सम्मान गरिएको    थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा