ताराबहादुर महत । श्रावण ७, दोलखा । दोलखामा पछिल्लो समय प्रहरीमा दर्ता हुने मुद्धाको संख्या बृद्धि भएको एक तथ्याङ्कले देखाएको छ ।

गत आर्थिक बर्ष २०७३÷०७४ मा १ सय ८९ वटा मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय दोलखाले सा"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । श्रावण ७, दोलखा । दोलखामा पछिल्लो समय प्रहरीमा दर्ता हुने मुद्धाको संख्या बृद्धि भएको एक तथ्याङ्कले देखाएको छ ।

गत आर्थिक बर्ष २०७३÷०७४ मा १ सय ८९ वटा मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय दोलखाले सा"/>

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा अपराधिक गतिविधि बढेको प्रहरीको तथ्याङ्क

२०७४, ७ श्रावण शनिबार ०८:५२

ताराबहादुर महत । श्रावण ७, दोलखा । दोलखामा पछिल्लो समय प्रहरीमा दर्ता हुने मुद्धाको संख्या बृद्धि भएको एक तथ्याङ्कले देखाएको छ ।

गत आर्थिक बर्ष २०७३÷०७४ मा १ सय ८९ वटा मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय दोलखाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । दर्ता भएकामध्ये १ सय वटा मुद्धा फछ्र्यौट भएका छन । गतबर्ष सबैभन्दा बढी केहि सार्वजनिक अपराधका ५२ वटा मुद्धा दर्ता भएका छन । यसका साथै अघिल्ला दुई बर्षमा दर्ता नभएका बोक्सीको आरोप, नागरिकता किर्ते, सरकारी दस्तखत किर्ते, लागु औषध लगायतका मुद्धा गतबर्ष दर्ता भएका छन । अघिल्ला बर्षहरुको तुलनामा अन्य प्रकृतिका मुद्धा दर्ता संख्या कम देखिएको भएपनि केहि सार्वजनिक अपराधका मुद्धा बढी संख्यामा दर्ता भएकोले दर्ता मुद्धाको संख्या बढी देखिएको छ ।

मादक पदार्थ सेवन गरी बाटोमा हो हल्ला गर्ने, सार्वजनिक स्थल शान्ति भङ्ग गर्ने, महिलामाथि मानसिक दुव्र्यवहार गर्ने, सरकारी कर्मचारीलाई धम्क्याउने लगायतका मुद्धालाई केहि सार्वजनिक अपराधका मुद्धा मानिएको छ ।

गतबर्ष प्रहरीमा दर्ता भएका १ सय ८९ मुद्धाका २ सय ४९ जना प्रतिवादीमध्ये २ सय जनालाई पक्राउ गरिएको र ४९ जना फरार रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । गत आर्थिक बर्षको जुँगु हत्या काण्ड, आत्महत्या र सवारी दुर्घटना लगायत मुद्धाका प्रतिवादीहरु फरार रहेकोले फरारको संख्या बढी देखिएको जिल्ला प्रहरी कार्यालय दोलखा मुद्धा फाँटका प्रहरी निरिक्षक प्रेमसागर केसीले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै