Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

हप्तादिनमा काठमाण्डौमा फेला परिन् पार्वती

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

एक हप्तादेखि वेपत्ता शान्ति दर्जी काठमाण्डौमा फेला परेकी छिन् । काठमाण्डौ प्रहरीले फेला पारेर वालवालिका खोजतलास केन्द्रमा राखेको अवस्थामा भेटीएकी हुन ।

काठमाण्डौ स्थित प्रहरी बृत जनसेवाले फेला पारी उनलई भकृटीमण्डप स्थित बालबालिका खोजतलास तथा समन्वय केन्द्र (१०४) राखिएको थियो । केन्द्रले शनिवार विहान शान्तिलाई श्रीमान् सन्ते दर्जीको जिम्मा लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीले समन्वय तथा सम्पर्क गरी उक्त कार्यालयमा सम्पर्क राख्न पठाए पश्चात हाल निज शान्ती दर्जीलाई उनका श्रीमान् तथा सासुको जिम्मा लगाईएको म्याग्दीकी प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्काले बताउनुयभो ।

श्रीमती फेला परेपछि खुसी हुँदै सन्तेले सहयोग गर्ने सवैलाई धन्यवाद दिएका छन् ।

श्रीमती वेपत्ता भएपछि उनको श्रीमान सन्ते दर्जीले प्रहरीलाई खोजतलास गरिदिन अनुरोध गरेका थिए । आर्थिक अवस्था कमजोर दर्जी परिवारले श्रीमतीको खोजीमा काठमाण्डौ जानका लागि शुक्रवार बेनीमा आर्थिक संकलन गरेका थिए । शुक्रबार रात्री वसमा सन्ते र उनको आमा काठमाण्डौमा पुगेका हुन ।

पोखरामा उपचार गराईरहेका श्रीमान भेट्न हिँडेकी उनी काठमाण्डौ पुगेकी थिइन । पोखरामा उपचाररत श्रीमान सन्ते दर्जीलाई भेट्न भनी बसमा सवार भएकी शान्ति ठाउँ पत्ता लगाउन नसकेको कारण काठमाण्डौमा पुगेकी हुन । काठमाण्डौमा पुगेपछि उनी परिवारको सम्पर्कबाट विच्छेद भएकी थिइन ।

कहिल्यै पोखरा नगएको र सोधखोज नगरेको कारण उनी पोखरा भन्दै काठमाण्डौमा पुगेकी थिईन् ।

आफ्नो श्रीमती चलाख नभएको र धेरै बोल्न नसक्ने र बजारमा ठाउँ पहिचान गर्न नसक्ने भएकाले देख्ने जो कसैलाई पनि प्रहरी मार्फत आफ्नो घरमा फकाईदिन अनुरोध गरेका थिए । आर्थिक रुपमा विपन्न रहेका दर्जी दम्पतीले बेनीमा पत्रपत्रिका बाँड्ने, भारी बोक्ने काम गरि जिविकोपार्जन गर्दै आएका छन् ।