पढ्न करिब 1 मिनेट लाग्छ

पर्वत । पोखरावाट बागलुङ तर्फ जाँदै गरेको ध १ च ५०२० नम्वरको एम्बुलेन्स र कुश्माबाट पोखरा जाँदै गरेको ग १ ज ४२१० नम्वरको ट्रक्सीमा एक आपसमा ठोक्किदा एक जना घाईते भएका छन् ।

कुश्मा नगरपालिका–७ खरियामा आज विहान भएको दुर्घटनामा परि पोखरा लेखनाथ महानगरपालिका–११ का ३७ बर्षिया राजेन्द्र वहादुर गुरुङ सामान्य घाईते भएका छन् ।

घाईते गुरुङको जिल्ला अस्पताल पर्वतमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

एम्बुलेन्स चालकले अत्याधिक मदिरा सेवन गरेका कारण दुर्घटना भएको प्रहरीको भनाई । एम्बुलेन्स चालक डम्वर वहादुर मल्ललाई प्रहरीले नियन्त्रणमा लिएका जनाएको छ ।