Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

क्लवको आयोजनामा शुक्लाफाँटा नगरपालिका ८ मा वृक्षारोपण कार्यक्रम सम्पन्न

By साझासवाल

साउन ७, कञ्चनपुर | जेपि स्पोस्ट्स क्लवको आयोजनामा शुक्लमफाँटा नगरपालिकाको वार्डनं. ८ मा वृक्षारोपण गरीएको छ । आज पारिफाँटाको घरकटुवा नदिमा वृक्षारोपण तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

क्लवको अगुवाईमा भएको वृक्षारोपण कार्यक्रम शुक्लाफाँटा नगरपालिकाको वार्डनं. ८ को पारिफाँटा, फुलेली, मुक्ति शिवीर हुँदै बग्ने घरकटुवा नदिको खाली जमिनमा भएको हो । लिप्टीस, अमला, बकाईनो, सगुन, डाले घासँ लगायतका विभिन्न जातका ५ हजार बढी विरुवाहरु रोपिएको क्लवका सचिव अर्जुन भट्टले जानकारी दिनुभएको छ । अघिल्लो वर्ष देखी क्लवले सुरु गरेको ‘ग्रिन क्लीन शुक्लाफाँटा’ अभियान अन्तरगत यस वर्ष २ लाख विरुवाहरु रोप्ने लक्ष्य राखीएको क्लवका अध्यक्ष दिपकराज भट्टले बताउनुभयो । मुक्ति शिविरमा भएको छलफल कार्यक्रममा वाड नं. ८ का वडा अध्यक्ष तथा कार्यक्रममा प्रमुख अतिथि बहादु्र महराले कार्यक्रमलाई सम्बोधन गर्दै वृक्षारोपणले पछिल्ला बर्षहरुमा नदि कटान नियन्त्रण मात्रै नभएर जैविक विविधता र वातावरण संरक्षणमा समेत ठुलो टेवा पुग्दै आएको बताउनुभयो ।

विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको जेपि स्पोट्स क्लवले अघिल्लो वर्ष शुक्लाफाँटा नगरपालिकाका विभिन्न स्थानमा दुई लाख विरुवा रोपेको क्लवले जनाएको छ । ‘एक घर दुई विरुवा रोपौं’ भन्ने नाराका साथ यस वर्ष विभिन्न सामुदानियक वन तथा नर्सरीबाट संकलन गरिएका विभिन्न जातका विरुवाहरु रोप्ने कार्यक्रम भएको क्लवका अध्यक्ष भट्टले बताउनुभयो । ग्रिन क्लीन शुक्लाफाँटा’ अभियान अन्तरगत सरसफाई तथा वातावरण संरक्षणका विभिन्न कार्यक्रमहरु वर्ष भरी गरिने क्लवले जनाएको छ । आज भएको वृक्षारोपण कार्यक्रममा लिप्टीस, बकाईनो, अमला, डाले घासँ र सगुन लगायतका विरुवाहरु रोपिएका हुन ।

स्थानियवासी तथा क्लवको सहयोगमा केही बर्षयता नदिहरुमा हुने चरिचरन बन्द गर्दै बृक्षारोपणका कार्यक्रमहरुलाई विस्तार गर्नाले नदि कटानको समस्या समाधान हुँदै गएको वार्ड नं ८ कि वाडा सदस्य विमला चौधरीले बताउनु भयो । जेपि स्पोट्स क्लवले नदि नियन्त्रणका लागी तारजाली भन्दा जैविक तटबन्ध कयौ गुणा प्रभावकारी र दिगो भएको भन्दौ शुक्लाफाँटा नगरपालिकाका सबै नदिमा ‘ग्रिन क्लीन शुक्लाफाँटा’ अभियान अन्तरत नदि किनार र नदि तटिय खाली भु्–भागमा वृक्षारोपण कार्यलाई तिव्रता दिने जनाएको छ ।