2026-08-29 01:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

ग्रामिण बर्थिङ सेन्टरमा सुत्केरी, मातृ तथा शिशु मत्युदर शुन्य

नन्दराम जैशी | साउन ८, जुम्ला । स्वास्थ्य चौकि रारालिहिमा संचालित जुम्लाकै पहिलो ग्रामिण बर्थिङ सेन्टरमा ५९ जनाले सुत्केरी गराएका छन् । तिला गाँउपालिका २ मा अवस्थीत रारालिहि बर्थिङ सेन्टरबाट आर्थिक वर्ष २०७३र०७४ मा ५९ जना ग्रामिण जुम्ली महिलाले प्रसुति सेवा लिएका हुन् । ग्रामिण क्षेत्रका गर्भवति महिलाको सेवाका लागि २०६५ देखि संचालनमा आएको उक्त बर्थिङ सेन्टरबाट प्रसुति सेवा लिने महिलाहरुको संख्या बिस्तारै बढ्दै गएको छ ।

बर्थिङ सेन्टरमा दक्ष चिकित्सक सहित उपकरणहरुरको पनि ब्यवस्थापन हुनथालेपछि अघिल्ला बर्षहरुको तुलनामा गत बर्षदेखि ह्वात्तै प्रसुति सेवा लिनेको संख्या बढेको हो । बर्थिङ सेन्टर ब्यवस्थीत बन्दै गएपछि चालु आर्थिक बर्षमा पनि प्रसुति सेवा लिनेको संख्या पनि बढ्ने देखिन्छ ।

यता रारालिहिकि महिला स्वास्थ्य स्वंयम सेविका हरीसोभा रावतले गर्भवति महिलाहरुलाई सरसल्लाह दिएर स्वास्थ्य संस्थामा चेकजाँच तथा उपचारका लागि जान अनुरोध गर्ने गरेको बताइन् । उहाले भनिन्, जन्मान्तर कम गर्ने उदेश्यले गाँउमा महिला तथा पुरुषहरुलाई पहिले अस्थायि साधानहरु बितरण गर्ने गर्दछौ । यदि गर्भ रहेमा पनि स्वास्थ्य संस्थामै चेकजाँच र प्रसुति सेवा लिन पठाउने गरेको उनको भनाइ छ । 

स्वास्थ्य चौकि रारालिहिका अहेब एकराज गिरिले भने, ग्रामिण क्षेत्रका महिलाहरु हाल बर्थिङ सेन्टरमै प्रसुति सेवा लिन आउने गरेका छन् । यो खुसिको कुरा हो । पहिले घरमै सुत्केरी गराउने प्रचलन थियो । त्यसले गर्दा कर्यौ आमा तथा नवजात शिशुले ज्यान गुमाउनु पर्थ्र्यो । जनचेतनाका कारण हाल त्यसको ठिक उल्टो भएको भन्दै सुरक्षित प्रसुति सेवा नपाएर अकालमा मर्ने मातृ तथा शिशु मत्युदर शुन्यमा झरेको उहाँले बताए । 

तत्कालिन घोडेमहादेब, मालिकाठाँटा र रारालिहि लगाएतका छिमेकि गाविसका गर्भवति महिलाहरुले बर्थिङ सेन्टरबाट प्रसुति सेवा लिएको उहाले जानकारी दिए । उहाँले भने, बर्थिङ सेन्टरमा अहिले औषधि उपकरण र दक्ष स्वास्थ्यकर्मिको अभाव छैन । हामिले निरन्तर सेवा दिइरहेका छौ । तर हिँउदे सिजनमा चिसो र विभिन्न कारणले स्वास्थ्यकर्मिहरु बिदामा बस्ने गर्दा गुणस्तरीय सेवा प्रवाहमा कमि भएको महशुस हुन्छ । त्यसको अन्त्यका लागि लागिपरेको बताउदै स्वास्थ्य चौकिमा रहेको १० जनाको दरबन्दी कोटा पुरा भएको उहाँको भनाइ छ ।    

बर्थिङ सेन्टरमा नसक्ने बिरामिलाई तत्काल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गर्ने गरीएको छ । भने हाल हरेक वडा र गाँउस्तरसम्म स्टेचर बितरण गरीएको छ । जिल्लाको विभिन्न स्थानमा सेवा प्रवाहको दृष्टिले १८ वटा बर्थिङ सेन्टर स्थापना भएपछि स्वास्थ्य संस्था लिदै गर्दा बाटोमै सुत्केरी हुने महिलाको संख्या शुन्यमा झरेको जनस्वास्थ्य अधिकृत पृथ्वीनाथ योगिले बताए । बर्थिङ सेन्टरको मागका आधारमा कुनै पनि औषधि, उपकरण र दरबन्दीको अभाव हुन नदिएको उहाँको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह