बागलुङ बाडिगाड गाउँपालिका–५ ग्वालीचौरमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ६ जना घाईते भएका छन् । २ जनाको अवस्था गम्भिर छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बागलुङ बाडिगाड गाउँपालिका–५ ग्वालीचौरमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ६ जना घाईते भएका छन् । २ जनाको अवस्था गम्भिर छ ।

२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अपडेट ग्वालीचौर दुर्घटना २ को अबस्था गम्भीर, गृहमन्त्रालयबाट हेलिकाप्टर पठाउने तयारी

२०७४, ९ श्रावण सोमबार ०७:३१

बागलुङ बाडिगाड गाउँपालिका–५ ग्वालीचौरमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ६ जना घाईते भएका छन् । २ जनाको अवस्था गम्भिर छ ।

जलजलाबाट खर्बाङ तर्फ आउँदै गरेको जीप साबिक गौलिचौर गाबिस–३ दाबिक भन्ने ठाउँमा दुर्घटनामा परेको ग्वालीचौर प्रहरी चौकीले जनाएको छ ।

ध १ ज १८४ नम्बरको जीप घुम्ती मोड्ने क्रममा सडकबाट ९ सय मिटर तल खसेको घटना स्थाल पुगेका ग्वालीचौर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विष्ष्णु लम्सालले जानकारी दिए । दुर्घटनामा परि बाढिगाड–५ ग्वालीचौरका मुक्तबहादुर पाईजा, वडा नम्बर–८ रणसिंहकिटेनीका नारायण सेरपुजा, वडा नम्बर–४ जलजलाका होमेन काउछा र चालक जलजलाकै तुलबहादुर पुनको मृत्युभएको हो । जीपमा ११ जना यात्रु सवार थिए । घाईते ६ जनाकै अहिले ग्वालीचौर स्वास्थ्यचौकीमा उपचार हुँदैछ । भीरबाट तल खसेको जीप टुक्रटुक्रा परेको प्रहरीले जनाएको छ । उद्धारमा समेत कठिनाई भएको प्रहरी सहायक निरीक्षक लम्सालले बताए । साँघुरो बाटोमा हिलो समेत भएकाले मोड्ने क्रममा जीप अचानक सडकबाट तल खसेको देखिएको उनले बताए ।

घाईतेको उपचारको लागि गृहमन्त्रालयबाट हेलिकप्टर ल्याउने विषयमा कुराकानी भएको बागलुङका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।

ग्रह मन्त्रालयबाट मौसम हेरेर तत्काल हेलिकप्टर पठाउने कुरा भएको उनको भनाई छ ।

घटना स्थलमा पुगेको प्रहरी टोली र स्थानीयवासीले घाईतेको उद्धार गर्दैछन् । घटना बारे थप विवरण आउन बाँकी रहेको बागलुङका प्रहरी प्रमुख एसपी चन्द्र कुबेर खापुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली