ताराबहादुर महत । श्रावण ९, दोलखा । दोलखाका धेरै जसो सरकारी निकायहरु सुचना मैत्री नभएको पत्रकारहरुले गुनासो गरेका छन ।

नेपाल पत्रकार महासंघ दोलखा शाखाद्वारा आज चरिकोटमा आयोजित सुचनाको हक सम्बन्धि अन्र्तक्रिया कार्यक्रममा सहभा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । श्रावण ९, दोलखा । दोलखाका धेरै जसो सरकारी निकायहरु सुचना मैत्री नभएको पत्रकारहरुले गुनासो गरेका छन ।

नेपाल पत्रकार महासंघ दोलखा शाखाद्वारा आज चरिकोटमा आयोजित सुचनाको हक सम्बन्धि अन्र्तक्रिया कार्यक्रममा सहभा"/>

2026-09-19 05:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

‘सुचना माग्दा विज्ञापन लैजा भन्छन सरकारी निकाय’

ताराबहादुर महत । श्रावण ९, दोलखा । दोलखाका धेरै जसो सरकारी निकायहरु सुचना मैत्री नभएको पत्रकारहरुले गुनासो गरेका छन ।

नेपाल पत्रकार महासंघ दोलखा शाखाद्वारा आज चरिकोटमा आयोजित सुचनाको हक सम्बन्धि अन्र्तक्रिया कार्यक्रममा सहभागि पत्रकारहरुले प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोरा सामु यस्तो गुनासो गरेका हुन । ‘कार्यालयमा सुचना माग्न जाँदा सुचना हैन बरु पाँच हजारको विज्ञापन लिएर जानुस भन्छन, सुचना दिँदैनन्’, दोलखाबाट प्रकाशित हुने एक अनलाईनका सम्पादकले भने । सरकारी निकायमा लिखित रुपमा सुचना माग्दा समेत सुचना नपाएको केहि पत्रकारहरुले गुनासो गरेका थिए ।

व्यक्तिगत सम्बन्ध राम्रो भएका र अग्रज पत्रकारलाई सार्वजनिक निकायबाट सुचना लिन सजिलो भएपनि नयाँ पुस्ताका र त्यसमाथि पनि महिला पत्रकारहरुलाई सुचना दिन आनाकानी गर्ने गरेको पाईएको छ । कार्यक्रममा सुचनाको हक र दोलखाको सन्दर्भ विषयक कार्यपत्र प्रस्तुत गर्नुहुँदै पत्रकार महासंघ दोलखाका पुर्व अध्यक्ष राजेन्द्र मानन्धरले दोलखाका सार्वजनिक निकायमा सुचनाको हक २०६४ मा व्यवस्था भएअनुसार सुचना कक्ष र वैकल्पिक सुचना अधिकारीको समेत व्यवस्था नहुँदा सुचना संकलनमा समस्या भएको बताउनुभयो ।

पत्रकारहरुले राखेका जिज्ञासाको जवाफ दिनुहुँदै प्रमुख जिल्ला अधिकारी बोहोराले पत्रकारहरुले राम्रो कामको प्रचार र नराम्रो कामको उजागर गरिदिन आग्रह गर्नुभयो । एक अर्को प्रसङ्गमा उहाँले जिल्लाका कुनै पनि सार्वजनिक निकायले सुचना नदिएमा आफूले सहजीकरण गरिदिने र त्रैमासिक रुपमा जिल्ला प्रशासनका गतिविधि सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्नुहुँदै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य चिरञ्जीवी मास्केले पत्रकारहरु विचारका आधारमा विभाजित भएपनि पेशागत रुपमा एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष जीवन लामाको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य शरदचन्द्र सापकोटा, प्रेस सोसाईटी नेपालका केन्द्रिय सदस्य दिलबहादुर के.सी, नेपाल टेलिकम दोलखाका प्रमुख श्याममणि अर्याल लगायत विभिन्न राष्ट्रिय तथा स्थानिय संचार माध्यममा आबद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई