Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

डडेल्धुराको परशुराम नगरपालिकामा वृक्षारोपण

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन ९, डडेल्धुरा । डडेल्धुराको भित्री मधेश क्षेत्रमा पर्ने परशुराम नगरपालिका ६ सिमलीखेत, सरकुडा र ठन्नजालाको नदीले कटान गर्ने बगर क्षेत्रमामा वृक्षारोपण गरिएको छ ।

तराई भु–परिधि ताल कोहलपुर बाकेको आर्थिक सहयोग तथा चुरे क्षेत्र वन तथा वातावरणको आयोजनामा सोमबार उक्त क्षेत्रमा अम्रिसो प्रजातीको विरुवा रोपिएको हो ।

सो क्षेत्रमा करिव ३ सय ३७ विरुवा रोपाण गरिएको चुरे क्षेत्र वन तथा वातावरण परशुराम नगरपालिका १२ जोगबुडाका अध्यक्ष कैलाश कुमार पाण्डेयले जानकारी दिएका छन् ।

विगत ३ वर्ष देखी चुरे जोगाउने र वन संरक्षणको क्षेत्रमा काम गर्दै आएको संस्थाले नेपालगञ्ज बाकेबाट उक्त प्रजातीका विरुवाहरु ल्याई वृक्षारोपण गरी नदी कटान र बाढी पहिरो जस्ता विपद्लाई न्यूनीकरण गर्न सकिने समितीका उपायक्ष दल बहादुर साउँदले बताएका छन् ।