2026-09-18 10:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

कर्मचारीको ब्यवहार राम्रो नभएको गुनासो

प्रकाश बम, मंसिर २१, डोटी । दिपायल सिलगढी नगरपालिकाका केहि कर्मचारीको ब्यवहार राम्रो नभएको सेवाग्रहिहरुले गुनासो गरेका छन् । हिजो सिलगढीमा आयोजित दिपायल सिलगढी नगरपालिकाको आर्थिक बर्ष २०७१-७२ को सामाजिक परीक्षण कार्यशाला गोष्ठीमा प्रतिबेदन प्रस्तुत गर्दे पत्रकार रामहरी ओझाले अधिकाश सेवाग्रहिले आवश्यकता भन्दा भनसुनको आधारमा योजना पास हुने गरेको र आयोजनाहरु फच्र्याेट गर्दा प्राबिधिकहरुले घुस समेत माग्ने गरेको गुनासो गरेको जानकारी दिनु भयो ।

सेवाग्रहिहरुले नगरपालिकामा राजनितिक दल र कर्मचारीको मनपरी हुने गरेको र आफुहरुको गुनासो कर्मचारीहरुले नसुन्ने गरेको बताएका छन् । कार्यक्रममा नगरपालिका कर्मचारी कार्यालयमा उपस्थीत नहुने भएपनि हाजिर लगाएर जाने र पछिल्लो दिनको हाजिर पनि अघिल्लो दिन नै लगाएर जाने जस्ता प्रबृति देखिएको पाईएको बताएका छन् ।

कार्यक्रममा सहभागि राजनितिक दलहरुले नगरपालिकाले सामाजिक परीक्षण ढिलो गरी गर्नुको कारण र कार्यलयमा कर्मचारीले गरेका लार्पबाहिको समेत प्रमुखसग स्पष्टीकरण माग गरेका थिए । कार्यक्रममा सहभागिहरुले नगरपालिका भित्रको सडकको दुराअवस्था रहेको भन्दै सडकका पोलहरुमा बत्ति नहुदा समस्या भएका बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई