२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रिंकु मृत्यु प्रकरण: घटना मिलाउनमा संलग्न आठ जना पक्राउ

२०८१, ११ फाल्गुन आईतवार १४:०९

सिरहा | सिरहाको नवराजपुर गाउँपालिका-१, भगवानपुरकी रिंकु सदाको मृत्यु प्रकरणमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।

बलात्कारको घटना मिलाउनमा संलग्न रहेको आठ जनालाई पक्राउ गरिएको अनुसन्धानको नेतृत्व गरिरहेका मधेश प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शान्तिराज कोइरालाले बताए। “आठ जनालाई नियन्त्रणमा लिएका छौं, उनीहरूसँग सोधपुछ भइरहेको छ,” कोइरालाले भने।

स्थानीय तीन युवकले गत माघ २७ गते बलात्कार गरेको रिंकुले बताएकी थिइन्। त्यसपछि पञ्चायत बसेर बलात्कारको घटनामा मिलापत्र गरिएको थियो।

पञ्चायत बसेर बलात्कारको आरोप लागेका रूपेश मण्डलबाट एक लाख ५० हजार रुपैयाँ जरिवाना भराउने निर्णय गरेको थियो। त्यसको तीन दिनपछि माघ ३० गते रिंकु आफ्नै घरमा मृत भेटिएकी थिइन्। उनको हत्या गरिएको परिवारजनको दाबी छ।

यसमा रिंकुकी आमा सीतादेवीले फागुन ८ मा आठ जना विरुद्ध इलाका प्रहरी कार्यालय, लहानमा पूरक जाहेरी दिएकी थिइन्। त्यसमा रूपेश मण्डलसँगै चन्दन साह, रामविनय मण्डल, नठुनी साह, रामपुकार मण्डल, रामकृपाल मण्डल, रामप्रीत साह र विन्देश्वर साहलाई विपक्षी बनाइएको थियो।

अहिले प्रहरीले बलात्कारको घटना मिलाउनमा संलग्न आठ जनालाई पक्राउ गरेको हो। बलात्कारको आरोप लागेका रूपेश मण्डल, चन्दन साह र रामविनय मण्डल भने फरार छन्।

पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेको र जबर्जस्ती करणीका आरोपित तीनै जना फरार रहेकाले थप निर्णयमा पुग्न नसकिएको एसएसपी कोइरालाको भनाइ छ। “पोस्टमार्टमको रिपोर्ट र भेजाइनस स्वाब परीक्षणको रिपोर्ट आएपछि घटनाबारे थप स्पष्ट हुनेछ,” उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी