2026-09-11 06:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्यूठानमा दम्पती हत्या प्रकरण : भतिजा पक्राउ

प्युठान | प्यूठानमा घरभित्रै मृत भेटिएका दम्पतीको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृत्तकका भतिजालाई पक्राउ गरेको छ ।

माण्डवी गाउँपालिका–२ रातमाटेमा ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया श्रीमती हुकुमा परियार शनिबार दिउँसो आफ्नै घरभित्र मृत भेटिएका थिए । उनीहरूको हत्या आरोपमा प्रहरीले भतिजा नाता पर्ने ३४ वर्षीय पंकज नेपालीलाई पक्राउ गरेको प्युठानका प्रहरी प्रमुख डिएसपी दिपेश बस्यालले जानकारी दिए ।

पंकजको घर मृतकको घरबाट ६० मिटर टाढा मात्रै रहेको प्रहरीले जानकारी दिएको छ । उनले हत्या पनि स्वीकारेको पनि बस्यालले बताएका छन् । ‘सँधै गाली गर्ने, रिसाउने, घर पनि नआइज भन्ने जस्ता कुरा गर्ने गरेकाले रिसमा आएर घनले हिर्काएर हत्या गरेको हुँ भनेर प्रारम्भिक बयान दिएका छन्,’ डिएसपी बस्यालले भने । प्रहरीले हत्यामा प्रयोग भएको घन मृत्तकको घरदेखि ५० मिटर पूर्वमा रगत लतपतिएको अवस्थामा फेला पारेको छ ।

शनिबार दिउँसो १२ बजेसम्म पनि घरको ढोका नखोलेपछि रामबहादुरका छिमेकी उनलाई बोलाउन गएका थिए। ढोका ढकढकाएर बोलाउँदा नबोलेपछि ती छिमेकीले ढोकाबाटै चिहाएर भित्र हेरेका थिए । उनीहरूलाई मृत देखेपछि प्रहरीमा खबर गरिएको थियो । डिएसपी बस्यालले दुवै मृतकको शरीर र टाउकोमा गम्भीर घाउ खतहरू देखिएको जानकारी दिएका छन् । डिएसपी बस्यालका अनुसार त्यो घरमा बुढाबुढी मात्रै थिए । उनीहरुका चार छोरा भारतमा बस्छन् । दुई छोरी बिवाह भई दाङ बस्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस