2026-09-11 09:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्युठानमा दम्पती हत्या : हत्या गरेर पंकजले प्रहरी बोलाए, अनि बाबु र माइजूले मारेको बयान दिए

प्युठान | प्युठानको माण्डवी गाउँपालिका–२, रातापानीमा एक दम्पती आफ्नै घरभित्र मृत अवस्थामा फेला परे। ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया पत्नी हुकुमा परियारको शव भेटिएको खबर प्रहरीलाई उनकै भतिज, ३४ वर्षीय पंकज परियारले दिएका थिए।

शनिबार दिउँसो १२:३० बजे खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डीएसपी दिपेश बस्यालको टोली घटनास्थलतर्फ लाग्यो। घटनास्थलमा पुग्दा परियार दम्पती भुइँमा ओछ्यानमा मृत अवस्थामा भेटिए। उनीहरूको टाउकोमा गम्भीर चोट लागेको देखियो, जसले हत्या भएको संकेत गर्यो।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा सातजनासँग सोधपुछ गर्‍यो। खबर गर्ने पंकज प्रहरीको निगरानीमै थिए, तर उनीमाथि तत्काल शंका गर्ने आधार थिएन। अनुसन्धानको क्रममा उनले दिएको बयानमा अस्वाभाविकता देखिएपछि उनलाई थप सोधपुछ गर्न थालियो।

प्रहरीले विभिन्न व्यक्तिहरूको बयान तुलना गर्दै अनुसन्धानलाई अगाडि बढायो। पंकजको हाउभाउ शंकास्पद देखिएपछि उनलाई पनि हिरासतमा राखियो। प्रहरी चौकीमा सोधपुछ गर्दा उनले आफ्ना बाबु र माइजूले हत्या गरेको देखेको बताए। तर अन्य व्यक्तिहरूसँगको बयान मिल्दैनथ्यो।

लगातारको सोधपुछपछि पंकज तनावमा आउन थाले। अन्ततः उनले हत्या गरेको स्वीकारे र घटनाको सम्पूर्ण विवरण बताए।

हत्या योजना र कारण
प्रहरीका अनुसार पंकजको काका–काकीसँग सम्बन्ध राम्रो थिएन। उनीहरूबीच पटक–पटक झगडा हुने गर्थ्यो। एक साताअघि काका–काकीले बिहे गर्न नसकेको र श्रीमतीलाई घरमा राख्न नसकेको भन्दै उनलाई अपमान गरेका थिए। यही कारणले आक्रोशित भएका पंकजले हत्या गर्ने योजना बनाए।

शुक्रबार राति १०:३० बजे उनी रक्सी खाएर काकाको घर पुगे। ढोका बन्द भएकाले दोस्रो तलाको झ्यालबाट भित्र छिरे। भित्र पस्दा काका–काकी निदाइसकेका थिए। ढोकाको छेउमै रहेको घनले दुबैजनाको टाउकोमा प्रहार गरी हत्या गरे।

प्रहरीले घटनास्थल नजिकै हत्या गर्न प्रयोग गरिएको रक्तामे घन र रगत लागेको ब्ल्याङ्केट बरामद गर्‍यो। साथै, पंकजले लगाएको स्विटरमा पनि रगत लागेको फेला परेको छ। उनले हत्या गरेपछि मृतक हुकुमाको पटुकीमा रहेको २२० रुपैयाँ समेत लिएर गएका थिए। त्यसमध्ये २० रुपैयाँ मात्रै प्रहरीले बरामद गर्‍यो।

‘अप्रेसन माण्डवी’ अन्तर्गत अनुसन्धान गर्दा प्रहरीले पंकजले नै हत्या गरेको पुष्टि गर्‍यो। जिल्ला अदालतबाट कर्तव्य ज्यानको मुद्दामा म्याद लिएर थप अनुसन्धान अघि बढाइएको डीएसपी बस्यालले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस