2026-08-29 01:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लाका स्थानीय तहमा १ सय ७० कर्मचारी खटिए

सास/साउन १२, जुम्ला । जुम्लाका १ सय ७० जना कर्मचारी स्थानीय तहमा खटिएका छन् । 

स्थानीय तहमा कर्मचारी व्यवस्थापन अन्र्तगत जिल्ला स्थित सरकारी कार्यालयमा कार्यरत १ सय ७० जना कर्मचारीलाई स्थानीय तहमा खटाइएको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाका सरकारी कार्यालयले प्रवाह गर्ने सेवा स्थानीय तहबाट नै उपलब्ध गराउने लक्ष्य अनुसार उदेश्य हासिल गर्न स्थानीय तहमा कर्मचारी खटाइएको छ । 

जिल्ला स्थित कार्यालयको सेवामा प्रभाव नपर्ने गरी विभिन्न पदमा कार्यरत १ सय ७० जना कर्मचारीलाई जिल्लाका ८ वटा स्थानीय तहमा खटाइएको निमित्त प्रमुख जिल्ला अधिकारी टेक बहादुर बुढ्थापाले जानकारी दिनुभयो । 

जिल्ला स्थित सरकारी कार्यालयमा कार्यरत अधिकृत सो सरहका कर्मचारीहरु, नायव सुब्बा, खरिदार, कृषि तथा भेटेनरी प्राविधिकहरु र कार्यालय सहयोगीलाई स्थानीय तहमा हाजिर हुन खटाइएको छ । 

कर्मचारी व्यवस्थापन समितिका अनुसार कर्मचारीहरुबाट निवेदन संकलन गरी सकेसम्म उनिहरुले नै जान चाहेको स्थानीय तहमा कर्मचारी परिचालन गरीएको छ । जसमा चन्दननाथ नगरपालिकामा ४६ जना कर्मचारी खटिएका छन् । 

त्यस्तै हिमा गाँउपालिकामा ११, सिंजा गाँउपालिकामा १४, कनकासुन्दरी गाँउपालिकामा १३, पातारासि गाँउपालिकामा २२, गुठिचौर गाँउपालिकामा २१, तातोपानि गाँउपालिकामा २७ र तिला गाँउपालिकामा १६ जना कर्मचारी खटाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह