2026-11-02 02:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रिंकु सदाय मृत्यु प्रकरण- पञ्चायत गर्ने वडा सदस्य साहसहित चारजना पक्राउ

सिरहा | सिरहाको नवराजपुर गाउँपालिका १ भगवतीपुरकी १७ वर्षीया रिंकु सदायको मृत्यु प्रकरणमा वडा सदस्यसहित थप चारजना पक्राउ परेका छन् ।

सिरहा प्रहरीले वडा सदस्य नथुनी साह, राम कृपाल मण्डल, विन्देश्वर साह र नाम नखुलेका एक जनालाई पक्राउ गरेको हो । नाम नखुलेका व्यक्ति रिंकुलाई अपहरण गरी बलात्कार गरेको मध्येका राम विनय मण्डलको बुवा रहेको बुझिएको छ ।

सिरहाका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र पासवानले रिंकु मृत्यु प्रकरणमा वडा सदस्यसहितका व्यक्तिहरू पक्राउ परेको पुष्टि गरे । उनले भने, ‘पक्राउ परेकाहरूलाई अहिले कार्यालयमा ल्याइसकिएको छैन । आएपछि विस्तृत विवरण दिन्छौँ ।’

गत माघ २७ मा शौच गर्न बाहिर निस्केको बेला रिंकुलाई तीन जनाले अपहरण गरेर सामूहिक बलात्कार गरेको थियो । उक्त घटना दबाउन वडा सदस्य साहसहितका व्यक्तिहरू गाउँमै पञ्चायत बसेर पीडित परिवारलाई दबाब दिए । पञ्चायत बसेको केहि घण्टामै माघ ३० मा रिंकु घरमै मृत फेला परेकी थिइन् ।

इलाका प्रहरी कार्यालयले सुरुमा बलात्कार आरोपी तीन जनामाथि आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान अगाडी बढाएको थियो । तर सामूहिक बलात्कारको रहस्य खुलेपछि पूरक उजुरी परेको छ ।

पीडित परिवारले सामूहिक बलात्कारका तीन आरोपी र पञ्चायतमा घटना दबाउन भूमिका खेलेका पाँच पञ्च गरी आठ जनामाथि जबरजस्ती करणी, अपहरण, हत्या र लेनदेन शीर्षकमा जाहेरी दिएको छ ।

जाहेरी परेकामध्ये बलात्कारका मुख्य आरोपी रुपेश मण्डल यसअघि नै पक्राउ परिसकेका छन् । यसबाहेक उजुरी परेका तीनजना अझै फरार छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द