2026-09-18 09:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा महिला बेचेको अभियोग लागेका विरुद्ध थप अर्को मुद्दा

नुवाकोट, १३ साउन । दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीकी २३ वर्षीया महिलालाई काम लगाइदिन्छु भनेर बिक्री गर्न लैजाँदै गरेको समयमा पक्राउ परेका चारजना सहित आठजनाविरुद्ध थप दुई महिलालाई भारतमा बिक्री गरेको अभियोग लागेको छ । 

घ्याङफेदीका दुई महिलालाई गत असार १२ गते काठमाडौँमा काममा लगाइदिने भन्दै फकाएर भारतमा लगेर बिक्री गरेको अभियोगमा पीडित परिवारले मानब बेचबिखन मुद्दामा प्रहरी नियन्त्रणमा रहेका चारजनाविरुद्ध किटानी दिएका छन् । 

यही साउन १० गते एक महिलालाई बिक्रीका लागि लैजाँदै गरेको समयमा पक्राउ परेका घ्याङफेदीका १८ वर्षीय कुमार तामाङ, १८ वर्षीय अर्जुन तामाङ, २८ वर्षीय जोगलामा कान्छा भनिने राजु तामाङ र झापाको साबिक महाभारा–९ का २२ वर्षीय विशाल भनिने इन्द्रदेव राजवंशीविरुद्ध गएको असारमा दुई महिलालाई पनि बिक्री गरेको अभियोग लागेको छ । 

पीडित परिवारले दिएको किटानी र प्रहरीको प्रारम्भिक अनुसन्धानका आधारमा उनीहरुविरुद्ध मानब बेचबिखन तथा ओसारपसारविरुद्ध जिल्ला अदालत नुवाकोटमा बिहीबार थप अर्को मुद्दा दर्ता गरेको प्रहरी निरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । 

पक्राउ तथा नियन्त्रणमा रहेका चारजना सहित फरार रहेका तीनजनाको समूहले साउन १० मा महिला (दुई छोरीकी आमा)लाई फकाएर भारत लैजाँदै गरेको र त्यही समूहका सातसहित थप एकजना गरी आठजनाले एक महिनाअघि दुई महिलालाई भारतको वेश्यालयमा पु¥याइसकेको उजुरीका आधारमा प्रहरीले अनुसन्धान शुरु गरेको छ । 

मानव बेचबिखनमा सर्वाधिक अभियोग लागेका मध्येका एक ‘ठिले’ भनिने मानबहादुर तामाङलाई १२ वर्षीया बालिकालाई बिक्री गरेको अभियोगमा पक्राउ परेपछि थप अन्य घटना र संलग्न रहेको अभियोग लागेका व्यक्तिहरु पक्राउ पर्न थालेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई