2026-06-29 04:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

अपाङ्ग सेवा संघको सामाजिक परिक्षण सम्पन्न

पुष १, डोटी / अपाङ्गता क्षेत्रमा काम गर्दै आएको सँस्था अपाङ्ग सेवा डोटीको वार्षिक सामाजिक परिक्षण कार्यक्रम हिजो सिलगढीमा सम्पन्न भएको छ ।अपाङ्ग सेवा संघले आर्थिक वर्ष २०७१÷७२ मा सम्पन्न गरेकाक्रियाकलाप, त्यसबाट लक्ष्यित समुदायलाई पुगेको फाईदा, प्राप्त उपलब्धी, समस्या, सुधार गर्नुपर्ने पक्ष आदि विषयका लागि सामाजिक परिक्षण गरिएको सँस्थाले जनाएको छ ।

कार्यक्रमका सहभागिहरुले अपाङ्गता भएका व्यक्तिको उपचारका लागि सिफारिस, बेला–बेलामा आयोजना गर्ने अपाङ्गता परिचयपत्र वितरण शिविर तथाएकिकृत घुम्ती शिविर लगाएतका राम्रा कामहरु गरेको भन्दै अपाङ्ग सेवा संघको प्रशंसा गर्दै सँस्थाले अझै धेरै सुधार गर्नुपर्ने बताएका छन् ।युनाईटेड मिसन टु नेपाल र महिला तथा बालबालिका कार्यालयसँगको साझेदारीमा सिमित क्षेत्रमामात्रै कार्यक्रम सञ्चालन गरिरहेकाले कार्य क्षेत्र विस्तार गर्नमा सँस्थाले जोड दिनुपर्ने सहभागिहरुले सुझाएका छन् ।

नियमित कार्यालय खुल्न नसक्नु, समुदायमा अपाङ्गता भएका व्यक्तिहरुका लागि मागमा आधारित कार्यक्रम सञ्चालनका लागि सहयोग पु¥याउनुपर्ने, सँस्थाका अध्यक्षले जिल्लामा बसेर योजनाबद्ध तरिकाले कार्यक्रम सञ्चालन गर्नुपर्ने, कार्य समिति सक्रिय हुनुपर्ने, विद्यालयको पहँुचबाहिर रहेका अपाङ्गता भएका बालबालिकाहरुलाई विद्यालय भर्नाका लागि भूमिका खेल्नुपर्ने लगाएतका सुझाव पनि औंल्याएका छन् ।

युनाईटेड मिसन टु नेपाल डोटी क्लष्टरको सहयोगमा अपाङ्ग सेवा संघले आयोजना गरेको सामाजिक परिक्षण कार्यक्रमको पत्रकार झलकपालीले सहजीकरण गर्नुभएको थियो ।सँस्थाकाअध्यक्षमहादेव भारतीको अध्यक्षतामादिपायल सिलगढी नगरपालीकाको सभाहलमा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिकदल, सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधी, विभिन्न क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरु र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित