पढ्न करिब 3 मिनेट लाग्छ

पर्वत । पाँचौ पर्वत महोत्सवको आयव्यय छ महिना वितिसक्दा पनि सार्वजनिक हुन सकेको छैन । महोत्सव सम्पन्न भएको झण्डै ६ महिना वितिसक्दा पनि आयोजकले महोत्सवको आयव्यय सार्वजानिकरणमा ढिलासुस्ती गरिराखेको छ ।

महोत्सवमा केहि आयोजकका कमिकमजोरीका कारण आलोचित भएपछि मिडियामाथि खनिएका मूल आयोजक समितिका संयोजक तथा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछानेले ५५ लाखभन्दा बढि बचत हुने सार्वजानिक कार्यक्रममा दाबी समेत गरेकाथिए ।

आफूहरुले विगतका महोत्सवभन्दा फरक तरिकाले महोत्सव सम्पन्न गरेको र महिनादिनमानै आयव्यय सार्वजानिकगर्ने बताएता पनिहाल सम्म आयव्यय सार्वजानिक हुन सकेको छैन ।  महोत्सवमा ५ करोडभन्दा बढीको कारोबार भएको र २ लाखदर्शकले महोत्सव अबलोकन गरेको आयोजकल प्रचार गरेतापनि सोहीअनुसारको कारोबार भयो वा भएन भनेर सार्वजानिकरण भने हुन सकेको छैन । महोत्सवगत माघ १३ देखि २२ गतेसम्म संचालनभएको थियो ।

महोत्सव सफलपार्नको लागि झण्डै ४५ वडा उपसमिति गठन भएकाथिएतर जिम्मेवारी बाँडफाँड गरी बनाइएकाउपसमितिले भन्दापनि केहि समितिव्यक्तिलेनै महोत्सवमाहाबीभएको आयोजक पक्षबाटनै चर्को गुनासो आएको थियो ।

महोत्सव परिसरमा भएका चोरी, झगडाले पनि महोत्सवलाइ आलोचिततुल्याएको थियो । उद्योग बाणिज्य संघ पर्वतको मुख्य आयोजनामा महोत्सवभएको थियो । महोत्सवमा ५९ लाख भन्दा बढी रकम उठेको आन्तरीक छलफलमा जानकारी भएको तर अझै रकम उठाउन बाँकी रहेकोले रकम सवै हात नलागेको उवासंघ पर्वतका सदस्यले भने ।

मिटिङमा आयव्ययको बारेमा छलफल भएता पनि सार्वजानिकरण भने हुन सकेको छैन । हरेक तीनतीन बर्षमा उवासंघले आयोजना गर्ने विगतमा सम्पन्न भएका चार महोत्सवमा ठुलो रुपमा आर्थिक चलखेल भएको जनगुनासो छ ।

यस्तै झण्डै २ बर्ष पहिले सम्पन्नभएको कफि,लप्सी सुन्तलामहोत्सवको आयव्यय समेत सार्वजानिकरण हुन सकेको छैन । घरेलु उद्योग महासंघ जिल्लाशाखापर्वतको आयोजनामा सम्पन्नभएको उक्तमहोत्सवको हालसम्म आयव्यय सार्वजानिकरण भएको छैन । महोत्सवकामुल संयोजक शिवप्रसाद सुवेदीले महोत्सवको बारेमा सरोकारवालालाई सामेल गरी जानकारी गराइएको बताएतापनि केकतिखर्च र आम्दानीभयो त्यसकाृे लेखाजोखा हुन सकेको छैन ।

आयोजक समितिकै मिलेमतोमामहोत्सवको आयव्ययलाई गोप्यपारी आर्थिक रुपमाचलखेल भएको हुनसक्ने देखिएको छ । महोत्सवमा सहआयोजकहरु समेत रुष्ट भएकाथिए । महोत्सव संचालनअबधिमाआयोजक समितिले सहआयोजकहरुलाई अपमान गरेको समेत आरोप लागेको थियो । लघुउद्यमको विकासको लागि संचालनगरिएको कफि,लप्सी सुन्तला (कलसु) महोत्सवमा लघुउद्यमभन्दा पनिआयोजक मटाउने कामभएको आरोप लागेको थियो ।

त्यस्तै रेडियो दिदीबहिनीको आयोजनामा सम्पन्नभएको पश्चिमाञ्चलमहिलामहोत्सवतथा रेडियो दिदीबहिनीको बार्षिक उत्सवको आयव्यय समेत सार्वजानिकभएको छैन । निरन्तर बर्षमादुइ पटक महोत्सवको आयोजनागर्दै आएको रेडियो दिदीबहिनीले हालसम्मकाकुनै पनिमहोत्सवको आयव्यय सार्वजानिकरण गर्न सकेको छैन । सांसद कल्पनाचापागाई अक्ष्यक्ष समेत रहेको उ क्त रेडियोले बर्षमादुइ पटक हरितालिकातीज र नारी दिवसको अबसरमामहोत्सवको आयोजनागर्दै आइरहेको छ ।