४ फाल्गुन २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

बन्द रहेको दिपायल बिमानस्थलको सरसफाई

१२ फाल्गुन २०७२, बुधबार ०४:५५

प्रकाश बम/फागुन १२, डोटी । सुदुर पश्चिमको क्षेत्रिय सदरमुकाम दिपायलमा आयोजना हुन लागेको “सुदुर पश्चिम क्षेत्रीय महोत्सव”लाई लक्षित गर्दै बुधबार बिहान बन्द रहेको बिमानस्थलको सरसफाई गरीएको छ ।

डोटी उद्योग बाणिज्य संघको अगुवाई तथा नेपाली सेना, नेपाल प्रहरी, दि.सि.न.पा,नेपाल वायु सेवा निगम तथा स्थानियलगाएतको सहभागितामा बिमान स्थल सफा गरीएको उद्योग बाणिज्य संघका सदस्य दिपक खड्काले बताए ।

महोत्सवको उद्धघाटनका लागि उद्योग मन्त्रि सोम प्रसाद पाण्डे दिपायल आउने भए पछि बिमानस्थल संचालनमा ल्याउनका लागि सरसफाई गरीएको उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले जानकारी दिए ।

एक दशक देखि बन्द रहेको दिपायल विमान स्थल सुचारु हुने खबरले स्थानिय खुसि भएका छन् । तर यस भन्दा पहिले २०६८ साल फागुन १७ गते डोटी महोत्वसको उद्धघाटन गर्न आएका तत्कालिन पर्यटन मन्त्रि लोकेन्द्र बिष्टमगरले एक हप्तामै सुदुर पश्चिममा रहेका विमानस्थल सुचारु गर्ने आश्वासन दिए थिए । विमान स्थल सुधारका लागि ढाई करोड बजेट समेत बिनियोजित भएको छ ।

पछिल्लो समय बन्द रहेको बिमान स्थल सुचारु गर्ने आश्वासन धेरै नेताले दिएको तर सुचारु नियमित हुन नसकेकाले खास्सै बिश्वास लाग्न छोडेको स्थानियहरु बताउछन् ।

फागुन २१ गते देखि ३० गते सम्म दिपायलको पिपल्ला बजारमा हुन लागेको महोत्वबको अवसर छोपेर दुई दिनका लागि यति एयर लाईन्सको उडान भर्ने अध्यक्ष खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीविरुद्ध अवहेलना निवेदनको पेसी न्यायाधीशद्वय सुवेदी र पाण्डेयको इजलासमा अभिनेता जितु नेपाललाई मातृशोक झापामा प्रहरीका सई झुण्डिएको अवस्थामा मृत फेला शान्दार मः म ग्यास विस्फोटमा थप एकको मृत्यु, मृतकको संख्या चार पुग्यो जलनमा परेका विष्णु र धनराजलाई भेट्न कीर्तिपुर पुगे राष्ट्रपति पौडेल आज एकैदिन दुई हजार ७०० ले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? बिग्रिएर रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठक बस्दै राष्ट्रियसभाको बैठक आज बस्दै, यस्तो रहने छ कार्यसूची ! थ्री बाई थ्री बास्केटबल प्रतियोगितामा भारतलाई हराउँदै नेपालले जित्यो उपाधि नयाँदिल्लीको रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु, २५ घाइते प्रतिनिधिसभा बैठक आज बस्दै, आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो यस्तो छ, आइतबारको विदेशी मुद्राको विनिमय दर मौसम: उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना संयुक्त अधिराज्य, क्यानडा, अजरबैजान र मौरिसस पठाइदिन्छु भन्दै ठगेको आरोपमा ३ जना पक्राउ पुलिसलाई हराउँदै ब्ल्याक बुल्सले जित्यो आहारारा गोल्डकपको उपाधि सदन र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्छ: अध्यक्ष प्रचण्ड ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ जसपाका पूर्वप्रदेश अध्यक्षसहित केही नेता कार्यकर्ता माओवादीमा प्रवेश