2026-09-11 10:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जिउँदै गाईलाई कुटीकुटी नदीमा हेल्नेहरू प्रहरीको निशानामा

बाजुरा | गाईलाई निर्ममतापूर्वक कुटीकुटी कर्णाली नदीमा हेल्ने बाजुराको जगन्नाथ गाउँपालिका वडानम्बर ६ का बासिन्दा प्रहरीको निशानामा परेका छन् । जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई वडाअध्यक्षसहित सदरमुकाम झिकाउन प्रहरीलाई निर्देशनसमेत दिएको छ ।

स्थानीय एक व्यक्तिको मलामी गएकाहरुले एउटा गाई कुट्दै कर्णाली नदीमा हेल्ने प्रयास गरेको भिडियो सामाजिक सन्जालमा सार्वजनिक भएको थियो । वडाध्यक्ष धनबहादुर सार्कीका अनुसार कुनै मान्छेको मृत्यु हुँदा गौदान गर्ने र गौदान गरेको गाईलाई यसैगरी कर्णाली नदी पारी लेखेट्ने गरिएको छ ।

त्यो समाचार सार्वजनिक ब भएपछि जिल्ला प्रशासन कार्यालय र प्रहरीले चासो व्यक्त गरेको हो ।

बाजुराका प्रमुख जिल्ला अधिकारी मेघानाथ पाध्याले गाईलाई हिंस्रक व्यवहार गर्नेहरुलाई झिकाउन प्रहरीलाई निर्देशन भइसकेको बताए ।

‘गाईलाई कुटीकुटी कर्णाली नदी पारी लेखेट्न प्रयास गर्नेहरुलाई झिकाउन प्रहरीलाई भनिसकिएको छ र त्यसअनुसार प्रहरी परिचालन भइसकेको छ,’ पाध्याले भने, ‘उनीहरुले काजकिरियाको काम सकिएपछि आउँछौं भनेका छन् ।’ स्थानीयका कुरा सुनेपछि आवश्यक निर्णय लिने उनले बताए ।

प्रमुख जिल्ला अधिकारी पाध्याका अनुसार गाईलाई कुट्दै नदीमा हेल्ने प्रयास गरिए पनि उक्त गाई गाउँमै फर्किएको छ । ‘गाई गाउँमै फर्किएको छ र अहिले सुरक्षित छ,’ उनले भने, ‘गाई राष्ट्रिय जनावर समेत भएकाले त्यस किसिमको हिंस्रक व्यवहार गर्न पाइँदैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस